गायिका आस्था राउत अस्पताल भर्ना


ब्युटी न्युज नेपाल
काठमाडौं, १४ माघ

सोमबार बिहानबाट प्रहरी हिरासतमा राखिएकी गायिका आस्था राउतको स्वास्थ्यमा समस्या देखियो भन्दै अस्पतालमा भर्ना गरिएको छ । गायिका राउतलाई काठमाडौंको त्रिपुरेश्वरको ब्लुक्रस अस्पतालमा सोमबार राती भर्ना गरिएको हो ।

आस्थाको परिवारका अनुसार उनलाई बेला बेलामा प्रेसर बढ्ने हाईपर टेन्सनको समस्या छ । उनलाई चिसो पनि लागेका कारण उपचारका लागि अस्पताल भर्ना गरिएको हो । महानगरीय प्रहरी परिसर, टेकु, काठमाडौं प्रहरीका प्रमुख एसएसपी उत्तमराज सुवेदीले पनि गायिका राउतले अस्प्ताल भर्ना गरिएको पुष्टी गरेका छन् । उनले पनि आस्थालाई सोमबार बेलुका नै अस्पताल भर्ना गरिएको बताए । एसएसपी सुवेदीलाई पनि अस्थामा हाईपर टेन्सनको समस्या देखिएपछि अस्पताल पठाउनु परेको बताएका छन् ।

गायिका आस्थालाई गत १ माघमा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा चेकजाँचको क्रममा प्रहरी जवान रमिता श्रेष्ठ भएको बादबिबाद र त्यसपछि उनले फेसबुकमा दिएको लाईभ भिडियोपछि रमिताले उनी बिरुद्ध प्रहरीमा उजुरी दिएकी हुन् । सोही उजुरीको आधारमा प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएर सोमबार आफ्र्न कार्यालयमा आएको बेला पक्राउ गरेको हो ।

अस्थालाई प्रहरीले चार दिन म्याद थप गरेर हिरासतमा राखेको हो । उनलाई अभद्र व्यबहार अन्तर्गत प्रहरीले मुद्दा चलाएको छ ।