रुचाईयो बिराज र निकिताको गीत, १८ घन्टामा ४ लाख ५० हजार भ्युज


ब्युटी न्युज नेपाल
काठमाडौं, १३ मँसिर

अभिनेता विराजको नयाँ फिल्म ‘साङ्लो…’ को चरीले काफल…को भिडियो युट्युवबाट दर्शकमाझ आएको छ । यो फिल्मको निर्देशन पनि बिराजले नै गरेका हुन् ।

युट्युवबाट रिलिज गरिएको यो गीतलाई दर्शकले अहिले रुचाएका छन् । युट्युवमा रिलिज भएको १८ घन्टामै यो भिडियोलाई ४ लाख ५० पटक हेरिसकिएको छ ।

यो गीत लोक लयमा आधारित छ । गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत छ । गीतलाई राजनराजसँगै मिलन नेवारले गाएकी छन् । यो गीतको भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् । भिडियोमा अभिनेता विराज भट्टसँगै पूर्व मिस नेपाल निकिता चण्डकले नृत्य गरेका छन् ।

चलचित्र ‘साङ्लो’बाट निकिता नायिकाको रुपमा डेब्यू गरेकी छिन भने विराजले निर्देशकको रुपमा डेब्यु गरेका छन् । दुबैजनाको कामको प्रतिफल प्रतिक्षामा दर्शकहरु छन् ।

चलचित्र साङलो एक्सन प्रधान बनेको छ । यो चलचित्र आउँदो माघ २४बाट सिनेमा हलमा प्रदर्शन हुनेछ । यो चलचित्रको कथा शिवम अधिकारीको द्धन्द्ध निर्देशन श्री श्रेष्ठको, सम्पादन अर्जुन जिसी, छायाँकन मानकृष्ण महर्जनको हो ।

यसमा विराज र निकितासँगै प्रकाश शाह, कामेश्वर चौरसिया, जयनन्द लामा, आर.पि. पन्त, लय संग्रौला, शिशिर भण्डारीलगायतका कलाकारहरुको अभिनय छ ।