बहिरा संघमा सुमीको जन्मदिन


ब्युटी न्युज नेपाल
काठमाडौं, २४ असोज

चलचित्र ‘सरौतो’की अभिनेत्री सुमी मोक्तानले आफ्नो जन्मोत्सव काठमाडौं बहिरा संघमा मनाएकी छिन् । गैरीधारामा रहेको संघमा पुगेर केक काट्दै उनले आफ्नो जन्मदिनको खुसियाली साटेकी हुन् ।

सो संघमा केक काट्दै उनले त्यहाँ उपस्थितसँग कुराकानी गर्नुका साथै फलफुल पनि बाँडिन् । २३ असोजमा उनले आफ्नो जन्मोत्सव मनाएकी हुन् । आफ्नो क्यारेक्टरको लागि उनले सो संघमा केहि समय बिताएकी थिइन् , त्यसै क्रममा उनि नजिक भएकी हुन्,’निकै खुसि लाग्यो उहाहरुसँग जन्दिन्को खुसि साट्न पाउँदा’ सुमीले भनिन् ,’उनीहरुसँग कुरा गर्दा लाइफमा झनै प्रेरणा मिल् ।’

सुमीका अनुसार ‘सरौतो’ को दुइ गीत र एक टिजर सार्वजनिक भइसकेको छ । पहिलो गीत ‘कुले दाइ’ ले चर्चा पाउदै गर्दा निर्माण पक्षले फिल्मको टिजरपछी दोस्रो गीत ‘केहि आधा’ सार्वजनिक गरेको थियो । अघिल्लो गीत कुले दाइमा पनि सुमी र सन्नी देखिएका थिए भने टिजरमा सुमीको एक्सनलाई देखाईएको थियो । बदलाको भाव समेटिएका कथायुक्त फिल्ममा सुमीको एक्सन अवतारलाई टिजरमा रुचाईएको छ ।

म्युजिक भिडियो र एडमा चिनिएको नाम हरी हुमागाईं यसै फिल्म मार्फत निर्देशनमा समेत डेब्यु गर्दैछन् । फिल्ममा सुमी र सन्नी सिंह , लियो ट्यांक , विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम , अरुणा कार्की, सुवाङ्गम शाह , लियो ट्यांक, मनिषा पुन मगर, प्रतिक दुलाल, राजेश रोयलगायतको अभिनय रहेको छ ।

बिराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्मलाइ रिभेन्ज स्टोरी भनिएको छ ।

फिल्ममा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायांकन, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्धन्द्ध निर्देशन छ । यसमा राजन राज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्रीको संगीत रहेको छ ।