कबड्डी ३ को दुबो फूल्यो…मा कलाकारको गजब नृत्य


ब्युटी न्युज नेपाल
काठमाडौं, ७ साउन

आगामी भदौमा रिलिज हुने चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को नयाँ गीत अहिले चर्चामा छ । यो गीतको भिडियो सोमबार रिलिज गरिएको हो । निर्देशक रामबाबु रेग्मीले यो फिल्मको दूबो फुल्यो…गीतमा अभिनेता दयाहाङ राई, कर्मा शाक्य, अभिनेत्री उपासना सिंह ठकुरी, कलाकारहरू विल्सन विक्रम राई, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराललगायत कलाकारहरूलाई नचाएका छन् । उनीहरुको गजबको नृत्य छ ।

यो फिल्मको पहिलो गीतको रुपमा हरेको दूबो फूल्यो…ले अहिले चर्चा पाएको छ । यो गीत लोक लयमा आधारित छ । गीतको भिडियो कोरियोग्राफी निर्देशन रेनशा बान्तवा राईले गरेकी हुन् । कोरियोग्राफी वाइल्ड रिपर्ज ग्रुरुपको रहेको छ । यो गीतमा एसडी योगीको संगीत रहेको छ । गीतको शब्द हर्क साउदले लेखेका हुन् । गीतलाई गायक हेमन्त राना र रितिका श्रेष्ठले गाएका हुन् ।

यो फिल्म १३ भदौमा रिलिज हुने भनिए पनि सोही मितिमा अभिनेता प्रवासको बलिउड फिल्म चाँडो आउने भएपछि यो फिल्मको रिलिज मिति अघि पछि हुन सक्नेछ ।

यो गीतको भिडियोमाथि निर्माण पक्षले कभर भिडियो प्रतिस्पर्धा घोषणा गरेको छ । भिडियोमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई १ लाख, ७५ हजार र ५१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजक पक्षको भनाइ छ ।

यो फिल्मको कथालाई निर्देशक निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले लेखेका हुन् ‘कबड्डी कबड्डी कबड्डी’ले स्वजातीय विवाह र अन्तर्जा्ितय प्रेम सम्बन्धको अन्तरद्वन्द्व देखाउन खोजिएको निर्देशक गुरुङको कथन छ ।