२२ विधामा एलजि सिने सर्कल अवार्ड, खुल्यो फारम


ब्युटी न्युज नेपाल
काठमाडौं, २८ असार

‘एलजि सिने सर्कल अवार्ड–२०७६’को लागि निःशुल्क अनलाईन फर्म खुल्ला गरिएको छ । आयोजक संस्थाका अध्यक्ष एवम् बरिष्ट कलाकार निर्देशक दिनेश डिसी २०७५ सालभर नेपालमा प्रदर्शनमा आएका चलचित्रहरुले निःशुल्क यस अवार्डमा सहभागिता जनाउन पाउनेछन् ।

सिनेमा सर्कल नेपालको आयोजना र द दिनेश डिसी प्रोडक्सनको व्यवस्थापनमा हुने अवार्डमा विगतमा चर्चामा रहेको चलचित्र अवार्ड मानिन्छ । यो बर्ष पनि केहि फरक ढंगले २०७५ सालमा प्रदर्शनमा आएका तथा यस एल जि सिने सर्कल अवार्डमा निःशुल्क नाम दर्ता गराएउने नेपाली कथानक चलचित्रहरुबाट विभिन्न २२ विधामा अवार्ड प्रदान गरिने छ ।

अवार्डको पहिलो वर्ष २०७३ साल भाद्र २२ गते आर्मी अफिसर्स क्लव भद्रकालिमा वरिष्ठ भारतीय चलचित्र कलाकार एवम् सांसद श्री शत्रुघन शिन्हा, जापानी चलचित्र निर्देशक मात्सुवयासी र हलिउड चलचित्र निर्देशक डिगर मेशको विशेष अतिथ्यतामा सम्पन्न भएको थियो ।

यस्तै २०७४ साल २३ साउनमा चर्चित भारतिय कलाकार एंव नेपालको पहिलो निजी क्षेत्रबाट निर्मित पहिलो चलचित्र माईतीघरका प्रमुख कलाकार माला सिन्हा, सिपी लोहनीको विषेश आतिथ्यतामा नेपाली चलचित्र क्षेत्रमा निजी लगानी सुरु भएको ५१औँ बर्षको महोत्सव मनाउँदै अवार्ड सम्पन्न गरियो ।

यस्तै गत बर्ष ३१ भदौमा राष्ट्रिय सभागृहमा चर्चित बलिउड स्टार गोविन्दाको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो । लगातार तीन वर्ष देखि नै उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा सम्पन्न यो अवार्ड यस पटक पनि भव्य रुपमा आयोजना गर्ने आयोजक दिनेश डिसीले जानकारी गराए ।

अवार्डको पहिलो वर्षमा लाइफटाइम अचिभमेन्ट अवार्ड कलाकार तथा कला निर्देशक उद्धव भट्टराई (जुङ्गे)लाई, दोश्रो वर्ष चलचित्र द्धन्द्ध निर्देशक एन वि महर्जनलाई र तेश्रो वर्ष बरिष्ठ चलचित्र निर्देशक किशोर रानालाई ५१ हजार रुपैयाँ सहित लाईफ टाईम अचिभमेन्ट अवार्ड प्रदान गरिएको पनि आयोजक डिसीले जानकारी गराए ।

एलजि सिने सर्कल अवार्डको फर्म यो लिंकमा गएर भर्न सकिनेछ ।

https://forms.gle/ZEjXXEDV6MN18ftx9

एलजि सिने सर्कल अवार्ड २०७५ का विधाहरु

१. बर्षको उत्कृष्ट चलचित्र
२. बर्षको उत्कृष्ट निर्देशक
३. बर्षको उत्कृष्ट नायक
४. बर्षको उत्कृष्ट नायिका
६. बर्षको उत्कृष्ट संगीतकार
७. बर्षको उत्कृष्ट अनस्कृन जोडी
८. बर्षको उत्कृष्ट कोरियोग्राफर
९.बर्षको उत्कृष्ट एक्सन निर्देशक
१०. बर्षको उत्कृष्ट पाश्र्व गायिका
११. बर्षको उत्कृष्ट पाश्र्व गायक
१२. बर्षको उत्कृष्ट पटकथा
१३. बर्षको उत्कृष्ट पाश्र्व संगीत
१४. बर्षको उत्कृष्ट सम्पादक
१५. बर्षको सर्वाधिक चर्चित अभिनेत्री
१६. बर्षको सर्वाधिक चर्चित अभिनेता
१७. बर्षको उत्कृष्ट कमेन्डेबल मुभि
१८. बर्षको उत्कृष्ट भीएफएक्स
१९. बर्षको उत्कृष्ट स्टन्ट
२०. बर्षको सर्वाधिक चर्चित गीत
२१.. बर्षको उत्कृष्ट ट्रेलर
२२..बर्षको उत्कृष्ट पोष्टर