ब्युटी न्युज नेपाल
काठमाडौं २१ असार

पछिल्लो समय अभिनेत्रीहरु पनि तिज भिडियोमा देखिने गरेका छन् । यस्तै अभिनत्री रेजिना उप्रेती नयाँ तिज गीत घरबार गर्ने सोच…मा मोडल बनेर प्रस्तुत भएकी छिन् ।

यसवर्षको तीज पर्व नजिकिँदैछ । यसैक्रममा अभिनेत्री रेजिनाको मुख्य भूमिका रहेको तिजगीत घरबार गर्ने सोच…को भिडियो शुक्रबार काठमाडौंको राजघराना गजलमा सार्वजनिक गरियो । यो गीतको भिडियोमा अभिनेत्री रेजिना उप्रेतीसँग, मोडल लोमश शर्मा र मोडल रेखा थापालगायतले अभिनय गरेका छन् । भिडियो प्रिमियर कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले सार्वजनिक गीत मौलिक रहेको बताए ।

लोक गायक खुमन अधिकारी र गायिका सपना थापाको स्वर रहेको गीतमा सागर प्रधानको शब्द,लय रहेको छ । गीतमा बिनोद बाजुरालीको संगीत संयोजन छ । यो गीतमा विहे गर्ने उमेर पुगेकी युवतीको भावना ब्यक्त गरिएको छ ।

विष्णु शर्माको सम्पादन रहेको भिडियोलाई सेलिब्रेटी नेपालले प्रस्तुत गरेको हो । प्रकाश भट्टको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोलाई राजेश घिमिरेले छायाँकन गरेका हुन् । गीतको भिडियो आकर्षक देखिएको छ ।