भैरेमा फरक काम गरेकी छु–बर्षा सिवाकोटी


व्युटी न्युज नेपाल
काठमाडौ, ३२ असार

४ असारबाट प्रदर्शनमा आउने फिल्म भैरेमा अभिनेत्री वर्षा शिबाकोटीले समय नदिएको आरोप लागेको थियो । यो आरोपलाई चिर्दै यी अभिनेत्री भैरेको बारेमा बोल्न मिडियाको सम्पर्कमा आएकी छिन् । सञ्चारकर्मीसँगको कुराकानीमा यो फिल्ममा आफुले केहीफरक भूमिका निर्वाह गरेको वर्षाको भनाई छ ।

अभिनेत्री वर्षाको गत वर्ष चलचित्र ’कारखाना’ रिलिज भएको थियो । त्यसपछि यो एक वर्ष बल्ल उनको चलचित्र भैरे रिलिज हुन लागेको हो । सोही कारण आफु उत्साहित भएको वर्षाको भनाई छ । सूर्य बोहरा निर्देशित भैरे यही शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आउँदैछ ।

यो चलचित्रमा वर्षालाई हास्यव्यँग्य अभिनेता बुद्धि तामाङको जोडीको रुपमा देख्न पाईने छ । आफूले गरेका अन्य फिल्मभन्दा भैरे केही फरक रहेको बर्षाले जिकिर गरेकी छिन् । भैरे बारे उनले भनिन,‘नेपालीपन बोकेको फिल्म हो । दर्शकले मनोरञ्जनसँगै केही सिक्ने अवसर पनि पाउनुहुनेछ । र, मेरो भूमिकामा पनि केही फरक पाउनुहुन्छ ।’

चलचित्र भैरे जैविक अर्थात अर्गानिक चलचित्र भएको पनि यी अभिनेत्रीले बताईन्,‘एउटा प्याकेजको फिल्म बनेको छ । रोमान्स, प्रेम, द्वन्द्व, इमोसन सबै छ । अझ फिल्ममा नेपालीपनलाई बढी फोकस गरिएको छ ।’ भैरेले आफूलाई भर्सटायल कलाकार बनाउन पनि सहयोग र्पुयाउनेमा यी अभिनेत्री विश्वस्त छिन् ।