ब्युटी न्युज नेपाल
काठमाडौँ, ५ असार
सञ्चार मन्त्रालय अन्तर्गत चलचित्र विकास बोर्डले हरेक वर्ष आयोजना गर्ने राष्ट्रिय चलचित्र पुरस्कार शुक्रबार राष्ट्रपति भवनमा प्रदान गरिएको छ । पुरस्कारमा यसपटक ५ जना निर्णायकहरु रहेका थिए । खसमा यसपटक चलचित्र विकास बोर्ड भन्दा पनि सञ्चार मन्त्रालयको चाहना अनुसार निर्णायक चयन गरिएको थियो ।
पुरस्कारको निर्णायकहरुमा चरित्र अभिनेता हरिहर शर्मा, अभिनेत्री सरिता गिरी, निर्देशक मिलन चाम्स, सम्पादक तथा गीतकार करुण थापा र लेखक अरुण गुप्तो थिए । जस मध्य हरिहर शर्मा, अरुण गुप्तो, सरिता गिरीलगायतको चयन मन्त्रालयको चासोमा भएको थियो । सरिता गिरी दोस्रो पटक निर्णायक भएकी हुन् । जवकी चलचित्र विकास बोर्डले प्राय निर्णायकहरु दोहोर्याउँदैन । उनी मन्त्रालयको चाहना अनुसार दोस्रोपटक निर्णायकमा चयन भएको बोर्ड सुत्रले जनायो ।
केही पुस्तकहरु लेखेका अरुण गुप्तोको चलचित्रसँग कुनै नाता छैन । उनी पेशाले प्रध्यापनमा छन् । उनी कसरी चलचित्रको निर्णायकमा चयन भए भनेर शुक्रबार सम्पन्न पुरस्कार प्रदान समारोहमा धेरैले कानेखुसी समेत गरे ।



