ब्युटी न्युज नेपाल
काठमाडौँ, ११ जेठ
नेपाली संगीत क्षेत्रमा सक्रिय गायक तथा सर्जक बियोन्डको नयाँ गीत ‘झिम झिम’ सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक विशेष समारोहमा एफएसडी फिल्मस्को प्रस्तुतिमा तयार गरिएको गीतको भिडियो औपचारिक रूपमा सार्वजनिक गरिएको हो । सार्वजनिक भएसँगै गीतले संगीतप्रेमी दर्शकमाझ सकारात्मक प्रतिक्रिया पाउन थालेको छ ।
गीतमा शब्द बियोन्ड स्वयंले लेख्नुभएको हो भने संगीत संयोजन ब्रिजेश श्रेष्ठले गर्नुभएको छ । प्रेम र आधुनिक भावनालाई केन्द्रमा राखेर तयार गरिएको गीतले युवा पुस्ताको अनुभूति र आकर्षणलाई समेट्ने प्रयास गरेको निर्माण टिमले जनाएको छ ।
भिडियोलाई निर्देशक पी माधवले निर्देशन गर्नुभएको हो । भिडियोमा बियोन्डसँगै मोडल निशा श्रेष्ठको अभिनय देख्न सकिन्छ । दिपिका तामाङको कोरियोग्राफीले भिडियोमा थप आकर्षण थपेको छ । दृश्य संयोजन, रंग प्रयोग र प्रस्तुति शैलीलाई दर्शकले रुचाएका छन् ।
भिडियोको छायांकन विवेक मगर र योन्जनले गर्नुभएको हो भने सम्पादन सोवित मगरले गर्नुभएको छ । आधुनिक शैलीमा तयार गरिएको भिडियोले गीतको भावलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको प्रतिक्रिया प्राप्त भइरहेको छ ।
सार्वजनिक कार्यक्रममा कला, संगीत र सञ्चार क्षेत्रका विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो । कार्यक्रममा वक्ताहरूले नेपाली संगीत क्षेत्रमा नयाँ पुस्ताले सिर्जनात्मक काम गरिरहेको उल्लेख गर्दै ‘झिम झिम’ले राम्रो सफलता हासिल गर्ने विश्वास व्यक्त गरेका थिए ।





