राजनराज, तारावीर र मिलन नेवारको ‘जोवन सुईंकेला’ सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौं, २६ वैशाख

गायक, संगीतकार र गीतकार राजनराज सिवाकोटीको नयाँ गीत ‘जोवन सुईंकेला’को भिडियो सार्वजनिक भएको छ । गीतमा सिवाकोटीको साथमा तारावीर पाण्डे र मिलन नेवारको स्वर रहेको छ भने गीतमा सिवाकोटीको शब्द, संगीत तथा गायनमा उक्त गीत सार्वजनिक भएको हो ।

साथीभाईमा गफगाफ र छेंडखानी गर्ने वास्तविक जीवनको शैलीमा दुईजना गायक र एक गायिकाको स्वरमा फरक स्वाद दिने तरिकाले गीत बनाइएको छ । खाजा खाने बसाइको क्रममा एकले अर्कालाई सुझाव दिएको भाव तीनैजना गायक गायिकाले देखाएका छन् ।

यो गीतको भिडियोमा रोशन विश्वकर्माको कोरियोग्राफीमा राजेश पुमा राईले निर्देशन गरेका छन् । भिडियोमा आश्मा विश्वकर्मा, प्रभात पल ठकुरी र सम्राट अधिकारीको लिड नृत्य रहेको छ । भिडियोलाई आकर्षक बनाउन लोकेसन र कोरसलाई पनि प्राथमिकता दिइएको छ । उत्सव दाहालले छायाँकन गरेको भिडियो विकास दाहालले सम्पादन गरेका हुन् ।