डान्स प्रतिस्पर्धाको प्रस्तावसहित सरोज र आश्माको ’चमेली ’सार्वजनिक ,


ब्युटी न्युज नेपाल
काठमाडौंँ, ८ बैशाख

गायक प्रज्वल कार्कीको नयाँ गीत ’चमेली ’ सार्वजनिक भएको छ । उनी द भ्वाइस अफ नेपाल सिजन ६ मा निकै चर्चा कमाउन सफल कलाकार हुन् ।

मिलन भट्टराईको शब्द तथा संगीत रहेको गीतमा कुशल सिंह निएलले एरेन्ज गरेका हुन् ।नेपाली भिडियोमा सर्वाधिक रुचाइएको नृत्य जोडी सरोज अधिकारी र आश्मा बिश्वकर्माको अभिनय र नृत्य रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भए संगै दर्शकको रोजाइमा परेको छ।

दिनेश पराजुलीको छायांकन र विकाश धमलाको सम्पादन रहेको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । ’चमेली ’ गीतलाई गीतकार मिलन भट्टराईको अफिसियल च्यानल मार्फत सार्वजनिक भएको हो।

साथै भिडियोको प्रचारप्रसारको लागि ’डान्स च्यालेन्ज’को घोषणा समेत गरेको छ जस अन्तर्गत उत्कृष्ट डान्स गर्नेलाइ नगद रु पन्ध्र हजार पुरस्कारको साथमा आगामी कुनै एक म्युजिक भिडियोमा अभिनय गर्ने अवसर समेत प्रदान गरिने गीतको निर्माण युनिटले जनाएको छ।
यसअघि पनि मिलन भट्टराई र प्रज्वल कार्कीको ’नजाउ माया’ र ’रहेन केही’ गीत सार्वजनिक भैसकेको छ ।