युटी न्युज नेपाल
काठमाडौँ, ९ मंसिर
लिखु गाउँपालिका ६ छहरे नुवाकोटमा बिगत ३ मंसिरदेखि भव्य रुपमा ‘दोस्रो लिखु छहरे महोत्सव २०८२’ चलिरहेको छ । यो महोत्सवमा दैनिक विभिन्न राष्ट्रिय कलाकारहरुले आफ्नो प्रस्तुति दिईरहेका छन् ।
लिखु गाउँपालिकाको सहयोग तथा राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालद्धारा आयोजित यो महोत्सवमा विभिन्न स्थानीय कृषी उत्पादनको बिक्रीसँग सांस्कृतिक प्रस्तुतिहरु नियमित रुपमा हुने गरेको छ । महोत्सवमा स्थानीय देखि राष्ट्रिय स्तरका कलाकारको प्रस्तुति रहने भएकाले दैनिक दर्शकहरुको उल्लेख्य सहभागित हुने गरेको महोत्सव संयोजक सुवास महतले जानकारी गराए । उनका अनुसार यो महोत्सव १४ मंसिरसम्म छहरेमा जारी रहने छ ।
यसै क्रममा आज ९ मंसिर मंगलबार यो महोत्सवमा स्थानीय सहित राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने छ । महोत्सवमा आज लोकप्रिय गायिका रचना रिमालको विशेष प्रस्तुति रहने छ । उनले आफ्ना चर्चित आधा दर्जन गीतहरु यो महोत्सवमा प्रस्तुत गर्ने छिन् ।
यस्तै कलाकारहरु दिनेश श्रेष्ठ, गोकुल ढकाल, सुवास महतको पनि विभिन्न लोक गीतहरुको प्रस्तुति रहने छ । हास्य कलाकार प्रताप हुमागाईँले आफ्नो प्रहसन प्रस्तुत गर्ने छन् । आज यो महोत्सवमा विभिन्न स्थानीय कलाकारहरुको पनि विशेष प्रस्तुति रहने महोत्सवका अध्यक्ष नमराज ढुंगानाले जानकारी गराएका छन् ।




