नेपाल चलचित्र निर्माता संघका उदय सुब्बाको टिम बिजयी


ब्युटी न्युज नेपाल
काठमाडौं, २ मंसिर

नेपाल चलचित्र निर्माता संघमा नयाँ कार्यसमिति चयन भएको छ । सोमबार काठमाडौँमा सम्पन्न १९ औँ अधिवशेनबाट संघका निर्माता उदय कुमार सुब्बा (इङनाम) अध्यक्षमा निर्वाचित भएका छन् । अर्का निर्माता सुनिल कुमार थापालाई पछि पार्दै उदय अध्यक्षमा बिजयी भएका हुन् ।

यस्तै संघको उपाध्यक्षमा ज्योति राज राई र रौनक बिक्रम कँडेल निर्विरोध चयन भएका छन् । संघको महासचिबमा भने अभिनेता एवम् निर्माता खगेन्द्र प्रसाद लामिछाने निर्वाचित भएका हुन् । उनले अर्का निर्माता किरण नेपालीसँगको प्रतिस्पर्धामा बिजय हाँसिल गरेका हुन् ।

सचिब पदको लागि किसान पोखरेल र युवराज गिरीको उम्मेदवारी परेकोमा युवराज गिरीले जितेका छन् । यस्तै संघको कोषाध्यक्षमा रामप्रसाल रिजाल निर्विरोध चयन भएका छन् ।

यसै गरी संघको केन्द्रिय कार्यसमितिमा पनि ७ सदस्य निर्विरोध चयन भएका छन् । श्रीधर पौडेल, टंक बुढाथोकी, राज कुमार पण्डित, चुम्बन जंग शाही, धनेन्द्र थपलिया, मनोज कुमार अधिकारी, प्रविण कार्की रहेका छन् । बाँकी सदस्य भने संघले मनोनयन गर्ने नव निर्वाचित अध्यक्ष सुब्बाले बताए ।

तस्बिर : बद्री थापा, ब्युटी न्युज नेपाल