सञ्चार वा पर्यटन मन्त्रीमा राजेश पायलको दाबी


ब्युटी न्युज नेपाल
काठमाडौँ, २७ भदौ

यति बेला मुलुकको नयाँ प्रधानमन्त्रीको रुपमा पूर्व न्यायधिस शुशिला कार्कीलाई नियुक्ती गर्नेु तयारी भईरहेको छ । तर संविधान भित्र रहेर राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गर्न खोजिरेहका छन् । अहिलेको संसद बिघटन गरेर मात्र आफूलाई प्रधानमन्त्रीमा नियुक्त गर्नु पर्ने शुसिलाको अडान जारी छ ।

प्रधानमन्त्री शुसिलालाई बनाउने जिम्मा जेनजी पुस्ताको सकिए पनि नयाँ मन्त्री परिषद गठनको लागि नयाँ मन्त्रीको नाम पनि उनीहरुले चाँडै नै तय गर्नु पर्ने भएको छ । यो अबस्थामा धेरैले आफू मन्त्री बन्न योग्य रहेको दाबी गरिरहेका छन् ।
यस्तै जेन एक्स पुस्ताका गायक राजेश पायल राईले पनि आफू मन्त्री बन्नको लागि पूर्ण योग्य रहेको भन्दै सञ्चार मन्त्री वा पर्यटन मन्त्रीको चाहना व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेर आफ्नो चाहना जेनजी पुस्ता समक्ष राखेका हुन् ।

उनले भाइहरु मलाइ सञ्चार र विदेश मन्त्रालय सम्हाल्न दिनुस भनेका छन् । आफूले प्रधानमन्त्री नमागेको उनको कथन छ । उनले भनेका छन्, ‘कनकि म सन्चार र पर्यटन सम्हाल्न सक्छु यदी म भन्दा धेरै विदेश कोही पुगेको प्रमाण ल्याउ, मेरो पासपोर्ट र तिम्रो पासपोर्ट चेक गरुँ, यो मेरो दावा हो ।’

उनले आफू पर्यटन मन्त्री भएमा पर्यटन र संगीतको बिकाश गर्ने पनि बताएका छन् । यो क्षेत्रका विकासको लागि आँट गर्ने हो भने असम्भब कही नभएको पनि गायक राजेश पायल राईले बताएका छन् ।