रोज व्युटी पार्लरका सय प्रशिक्षार्थी दिक्षित


काठमाडौं, ६ फागुन
रविभवन स्थित रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरबाट बेसिक, एड्भान्स र डिप्लोमा गरेका एक सय व्युटिसियन प्रशिक्षार्थीहरु दिक्षित भएका छन् । राजधानीको सोल्टिमोड स्टि स्वस्ति व्याङ्केटमा शनिबार एक समारोहबीच यी विधार्थीहरुलाई प्रशिक्षण सम्पन्नको प्रमाणपत्रबाट दिक्षित गरिएको हो ।


काठमाडौं महानगरपालिकाकी उपमेयर हरिकला खड्गीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा खड्गीले सिप सिकेर प्रमाणपत्र लिएपछि यो पेशा अँगालेर अत्म निर्भर बन्नको लागि विधार्थीलाई सल्लाह दिईन् । रोज व्युटी पार्लरसँग सहकार्य गरेर महानगरपालिकाले भविष्यमा यस्तो सिप अन्य बेरोजगारलाई पनि सिकाईने चाहना उनले कार्यक्रममा व्यक्त गरिन् ।

रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर तथा रोज सिप प्रशिक्षण केन्दकी अध्यक्ष सोनी (सुन्दरी) कारञ्जितले आफ्नो ट्रेनिङ सेन्टरबाट गरीब, असाहाय, अपाँगता भएका, पीछडाबर्ग लगायतलाई निशुल्क सिप सिकाईने गरेको पनि बताईन् । आफ्नो प्रशिक्षण केन्द्रबाट हजारौंले सिप सिकेर यो पेशा अपनाएको उनले बताईन् ।
कार्यक्रममा सो ट्रेनिङ सेन्टरकी निर्देशक परिसी कारञ्जितले सेन्टरको उदेश्यबारे प्रकाश पार्दै स्वागत मन्तव्य राखेकी थिईन् ।

नेपाली काँग्रेस काठमाडौं इकाई १४ का सभापति महेश थापाले रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरले धेरैलाई यो व्युटिसियन पेशामा ल्याएर आत्म निर्भर बनाएको बताए । नेपाली काँग्रेस काठमाडौंकी क्षेत्रीय सचिब बन्दना थापाले सोनी कारञ्जितको योगदान बारे कार्यक्रममा चर्चा गरे ।

कार्यक्रममा चलचित्र अभिनेत्री सँचिता लुईटेल, अग्रज व्युटिसियनहरु सुमित्रा रञ्जित, अनिता खड्का, अभिनेता निर्जन थापा, फेशन डिजाईनर काजल शर्मा, कस्मेटिक व्यबसायी संघका अध्यक्ष रञ्जित पौडेल, कस्मेटिक व्यबसायी प्रकाश श्रेष्ठ, सञ्चारकर्मी दीपक लामिछाने, कस्मेटिक उत्पादक घनश्याम गौतम लगायतले कार्यक्रमलाई सम्बोधन गर्दै विधार्थीलाई प्रमाणपत्र प्रदान गरे ।


प्रशिक्षार्थी विधार्थीहरुले दिक्षान्त समारोहमा नृत्य, गायन एवं फेशन शो समेत गरेका थिए । विभिन्न दोहोरी कलाकारले दोहोरी गीत प्रस्तुत गरेर सो समारोहको रौनकता बढाएका थिए ।