बौद्ध स्तुपा अगाडि निल डेभिडको ५१ औं सलुन


काठमाडौं । एक दशक अघि नेपालमा हेयर सलुन खोलेर बिदेशमा आफ्ना सञ्जाल फैल्याएका हेयर स्टाईलिस्ट निल डेभिड कटुवालको निल डेभिड ग्रुपको हेयर एण्ड ब्युटि सलुनको ५१ औ फ्रेञ्चाईज काठमाडौंको बौद्धबाट सञ्चालनका आएको छ । बौद्ध स्तुपा द्धारअगाडि रहेको यो सलुनको सोमबार हेयर स्टाइलिष्ट निल डेभिड कटुृवाल, सञ्चालिका विनु राई लामा र उनको पिता गोपाल राईले संयुक्तरुपमा शुभाम्भ गरे । १० वर्ष अघि भारतको सिलुगढीमा निलसँगै हेयर स्टाईलसम्बन्धि टे«निङ लिएर त्यहिँ काम सुरु गरेकी हेयर स्टाईलिस्ट तथा मेक अप आर्टिस्ट बिनु राईले खोलेको यो युनिसेक्स सलुनमा उदघाटनको पहिलो दिनबाट नै ग्राहकहरुले सेवा लिन थालेका छन् ।
‘१० वर्ष अघि निल सरसँग ट्रेनिङ लिने समयमै उहाँकै नामबाट आफ्नो सलुन खोल्छ्ु भन्ने सपना थियो, त्यो सपना आज प्ुरा भएको छ ।’ बिनुले उद्घाटनमा भनिन्, ‘दिल्लीस्थित भीआईसीसी मेकअप ईन्ष्टिच्युटमा मेकअप आर्टिस्टको टे«निङ लिएपश्चात मेकअप सम्बन्धि पनि राम्रो अनुभव भयो। काठमाडौको केएल टावरमा निल डेभिड्स सलुन खुलेपछि मैले त्यहाँ पनि काम गरेँ ।’


बिनुले सन् २०११ मा भारतको सिलुगढिमा आयोजित निल डेभिड्स हेयर फेशन शोमा सक्रिय सहभागीता जनाएको पनि स्मरण गरिन्् । उनका अनुसार बौद्धको यो सलुनमा हेयर स्टाइल तथा मेकअप सम्बन्धि सुविधाहरु उपलब्ध छन् ।
‘जसरी आफ्ना बालिबालिकाप्रति अभिभावकले कर्तव्य पुरा गर्दा अभिभावकलाई गर्व महसुुस हुन्छ, मैले नै सिकाएको विधार्थीले निल डेभिड्स ब्रान्डको रुपमा विभिन्न स्थानमा नया नया सलु्न खोलेर ग्राहकलाई सेवा दिँदै निल डेभिड ब्राण्डलाई एउटा उचाईमा पु¥याउँदा मलाई आज त्यत्तिकै खुशी लागेको छ ।’ निल डेभिडले भने ।
आप्mनो ब्राण्डको सलुनका शाखा र फ्रेञ्चाईजी नयाँ बानेश्वर, कोटेश्वर, कमलपोखरीस्थि सिटी सेन्टर तथा कुमारीपाटीमा पनि सञ्चालनमा आउन लागेको निलले जानकारी गराए । उनले भारतको सिलुगढी तथा ईलहवादमा समेत सलुन सञ्चालन गर्ने तयारीमा रहेको पनि जानकारी गराए ।