बाबरी रँगमा धिरज र अदितीको रोमान्स


ब्युटी न्युज नेपाल
काठमाडौं, ३१ जेठ

आगामी ३१ भदौमा रिलिज हुने भनिएको नेपाली चलचित्र ‘बाबरी’को रोमाञ्चक गीत बाबरी रँग…को भिडियो सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको गीत रिलिज गरिएको हो । गीतमा भिडियोमा अभिनेत्री अदिती बुढाथोकी र धिरज मगरले अभिनय गरेका छन् । जसमा अर्का नव अभिनेता धिरज नाडकर पनि अभिनयरत छन् ।

सार्वजनिक गीतमा अनमोल गुरुङको शब्द, संगीत तथा स्वर रहेको छ । गीत गायनमा अस्मिता अधिकारीले गायक गुरुङलाई साथ दिएकी छन् ।

यो गीतको भिडियोमा विक्रम लामा र एञ्जिला खत्रीको कोरियोग्राफी रहेको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित सिनेमालाई सुरेन्द्र पौडेलको निर्देशन गरेका हुन् । सिनेमामा बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दीलिप गुरुङ लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

बाबरी फिल्मको प्रस्तुती र सुष्मा प्रोडक्सनको सहकार्यमा निर्माण भएको सिनेमाको निर्माता गणेश बुढाथोकी पुष्पालता बुढाथोकी हुन् । सुष्मा गुरुङ सह(निर्माता रहेको सिनेमाको कथा निर्देशक पौडेलले नै लेखका हुन् । सिनेमामा काली प्रसाद बास्कोटा, सुजन चापागाई र अनमोल गरुङको संगीत र एञ्जिला खत्री र विक्रम लामाको कोरियोग्राफी रहेको छ ।

सिनेमाको पटकथा तथा संवाद रित सिंह बोहोरा, सिजन दाहाल, मनोज त्रिपाठी र किशोर नेपालले मिलेर लेखेका हुन् । सिनेमाको काठमाडौं, झापा, मोरङ र उत्तरी सिक्किमका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको छ । नरेन्द्र मैनालीको छायांकन रहेको सिनेमाका मुख्य सहायक निर्देशक रित सिंह बोहरा हुन् ।

मँगलबार यो गीतको भिडियो रिलिज कार्यक्रममा उपस्थित भएर निर्माता संघका अध्यक्ष आकाश अधिकारी र अभिनेता भुवन केसीले बाबरीलाई सफलताको शुभकामना दिए । गीत रिलिज कार्यक्रममा बोल्दै ‘बाबरी’को टिजरले दर्शकको मन जितेकाले पनि गीतबाट धेरै अपेक्षा राखेको अभिनेत्री अदिती बुढाथोकीले बताइन् । सिनेमा मुख्य अभिनेता धिरजले पनि सिनेमाको कथा मन परेकै कारण अन्तिम समयमा आएर आफुले ‘बाबरी’मा काम गर्न सहमत भएको बताए ।