आज नेपालमा १०३१९ जनालाई कोरोना


ब्युटी न्युज नेपाल
काठमाडौं, १० माघ

पछिल्लो दुई दिन नेपालमा कोरोना सँक्रमण केही घटेको थियो । सोमबार आजबाट फेरी बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा १० हजार ३१९ जनामा कोरोना भाइरस (कोभिड१९ को संक्रमण पुष्टि भएको छ । देशभर २१ ह्जार २०१ नमुना परीक्षण गरिएको थियो । जसमध्ये १६ हजारर ६५४ नमुनाको पीसीआर टेष्ट गर्दा ८ हजार ५४ र ४ हजार ५४७ नमुनाको एन्टीजेन टेष्ट गर्दा २२६५ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै कोरोनाबाट २४ घन्टामा ४ जनाको मृत्यु भएको छ ।