ब्युटिसियन ट्यालेन्ट नेपालका बिजेताको बैंकक भ्रमण


ब्युटी न्युज नेपाल
काठमाडौं, २७ जेठ

ब्युटिसियन ट्यालेन्ट नेपाल–२०१९ (सिजन–२)का बिजेताहरुले थाईल्यान्डको राजधानी बैंकक भ्रमण गरेका छन् । यो प्रतियोगिताका बिजेतालाई पाँच दिनको पुरा प्याकेज र उप बिजेताहरुलाई बैंकक भ्रमण ट्रभल प्याकेज (टिकट र भिषा शुल्क बाहेक) को घोषणा गरिएको थियो ।

सोही प्याकेज अन्तर्गत ब्युटिसियन ट्यालेन्ट नेपाल–२०१९ की बिजेता सुरु जोशी, सेकेन्ड रनरअप मुना श्रेष्ठ, पब्लिक च्वाईस अवार्ड बिजेता इमिका श्रेष्ठ, मोस्ट फ्रेन्डली अवार्ड बिजेता सावित्री तामाङले बैंकक भ्रमण सम्पन्न गरी काठमाडौं फर्किएका छन् । यी बिजेताहरु आयोजक टिमसँग २० जेठमा बैंकक गएका हुन् । यो प्रतियोगिताको फस्ट रनरअप कविता लामा भने प्राविधिक कारण बैंकक जान सकिनन् ।

पाँच दिनको बैंकक यात्रामा यी चार जना सहित आयोजक रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष बरिष्ट व्युटिसियन सोनी कारंजित, ब्युटिसियन ट्यालेन्ट नेपाल २०१८ की बिजेता सरिता भारतीसहितको टोली थियो । भ्रमण टिममा आयोजक डब्बु क्षत्री, पत्रकार गोपिकृष्ण चापागाई, फेसन डिजाईनर काजल शर्मा, राष्ट्रिय तेक्वान्दो खेलाडी शिवा बस्नेत र सिता तिवारी पनि थिए ।

 

बिजेताहरुले पाँच दिनको यात्रामा पताया सिटी, कोरय आईल्यान्ड, बैंकक सिटी लगायत विभिन्न स्थानको भ्रमण गरे । ब्युटिसियन ट्यालेन्ट नेपाल–२०१९ की बिजेता सुरु जोशीले भ्रमण सम्पन्न गरेर काठमाडौं फर्कने क्रममा भनिन्,‘बैंकक यात्रा निकै सुखद भयो । त्यहाँको भ्रमणको क्रममा ब्युटि सम्बन्धी विभिन्न प्रोडक्टसँगै व्युटि क्षेत्रमा अहिलेको डेभ्लपको बारेमा पनि थुप्रै जानकारी पाईयो ।’ आयोजक पक्षले भ्रमणमा हरेक क्रुज डिनर देखि हरेक प्याकेजहरु उत्कृष्ट राखेर यो भ्रमणलाई निकै रमाईलो बनाएको भन्दै उनले खुसी व्यक्त गरिन् ।

यस्तै सेकेन्ड रनर अप मुना, पब्लिक च्वाईस अवार्ड बिजेता इमिका र मोस्ट फ्रेन्डली अवार्ड बिजेता सावित्रीले पनि बैंकक यात्रा आफुहरुको अहिलेसम्मको उत्कृष्ट यात्रा भएको बताए । सरु, मुना र सावित्रीले यो नै आफुहरुको पहिलो बिदेश भ्रमण भएको पनि जानकारी गराए ।

ब्युटिसियन ट्यालेन्ट नेपाल २०१९ को आयोजना रोज व्युटिपार्लर एन्ड ट्रेनिङ सेन्टर र विलक्षण क्रियसनले गरेको थियो । आयोजक एवम् बरिष्ट व्युटिसियन सोनी कारंजितका अनुसार ब्युटिसियन ट्यालेन्ट नेपालका बिजेतालाई पुरस्कारको रुपमा बैंकक टुर प्याकेज राखिएकाले सो पुरस्कार अन्तर्गत थाईल्यान्ड यात्रा गराईएको हो । यात्रा सोचे भन्दा निकै सफल भएको पनि बरिष्ट व्युटिसियन सोनी कारंजितले बताईन् ।

ब्युटिसियन ट्यालेन्ट नेपाल–२०१९ सिजन २ को चयन गत २७ चैतमा काडमाडौंमा एक समारोहबीच भएको थियो ।