स्वदेशमै रोजगार सृजना गर्न दाल भात तरकारीले प्रेरित गर्छ – हरिबँश आचार्य

ब्युटी न्युज नेपाल
काठमाडौं, १३ बैशाख

चलचित्र दाल भात तरकारी यही २० बैशाखबाट मुलुकका सिनेमा हलमा रिलिज हुँदैछ । सुदन केसीको निर्देशनमा तयार भएको यो चलचित्रलाई बरिष्ट कलाकार मदनकृष्ण श्रेष्ठ, हरिबँश आचार्य, किरण केसीलगायतले निर्माण गरेका हुन् ।

प्रदर्शनको तिथि नजिकिँदै गर्दा यो चलचित्रले दर्शकलाई कात्तिको सुन्तुष्टी पार्ला त भन्ने जनचाहना बढेको छ । यसै प्रसँगमा बरिष्ट कलाकार हरिबँश आचार्यले ब्युटी न्युज नेपालसँगको विशेष कुराकानीमा यस प्रसँगमा आफुहरुमा एक प्रकारको डर बढेको बताएका छन् । यो चलचित्र हेर्न आउँदा त्यतिठुलो महत्वकाँक्षाका साथ नआउन यी अभिनेताको अनुरोध छ । आफ्नो चलचित्रमा सन्देशसँगै त्यत्तिकै मात्रामा मनोरञ्जन पनि रहेको अभिनेता आचार्यले बताएका छन् ।

चलचित्र दाल भात तरकारीले स्वदेशमै श्रम गरौं र यहीं सुन फलाऔं भन्ने सन्देश दिएको यी बरिष्ट कलाकार आचार्यको भनाई छ । आचार्यले बिदेश जानी नेपालीहरुको अत्याधिक लहडलाई दाल भात तरकारीको कथाले केही हदसम्म सम्बोधन गर्ने यी अभिनेताले बताएका छन् । देश बिदेशमा विभिन्न कन्सर्ट लिएर पुगेको अबस्थामा यी बरिष्ट अभिनेताले त्यहाँ नेपालीहरुको सँघर्ष र पीडालाई नजिकबाट नियाल्ने अबसर पाएका छन् । अबको दिनमा हरेक नेपालीले नेपालमै रोजगारी पाउनु पर्छ भन्ने अभिनेता आचार्यको भनाई छ ।

आचार्यसँगको भिडियो कुराकानी

रेमिट्यान्स भित्राउने नाममा बिदेशमा नेपालीहरुलाई पीडादायी श्रम गराउनु भन्दा नेपालमै केही गरेर त्यो रेमिट्यान्सको भन्दा बढी ट्याक्स तिर्नेगरी यही नेपालीहरुले उधम गर्दा राम्रो हुने उनको भनाई छ । चलचित्र दाल भात तरकारीले पनि यही कुरालाई विशेष जोड दिएको पनि यी बरिष्ट अभिनेताले बताएका छन् ।

मुलुकमा यतीबेला जनताका लागि रोजगारीको आबस्यक्ता भएको पनि यी बरिष्ट अभिनेता हरिबँश आचार्यको भनाई छ । आफुहरुले निर्माण गरेको चलचित्र दाल भात तरकारीले मुलुकमा रोजगारीको ब्यबस्थापन गर्न सरकारलाई पनि घचघच्याउन सक्ने यी अभिनेताले विश्वास लिएका छन् ।

चलचित्र दाल भात तरकारीको भिजिट भिषामा…बोलको गीत अहिले निकै चर्चामा छ । यो चलचित्रले नेपालमा केही पनि गर्न नचाहने तर साथीहरुको लहै लहैमा बिदेश गएर जस्तो सुकै काम गर्न पनि पछि नपर्ने नेपालीहरुको अबस्थालाई दर्शाएको यी अभिनेताको भनाई छ । मुलुकमा कृषी क्रान्तीको लहर चलेको छ । बाउ बाजेले छोरा नातीलाई हलो जोतेर खानु भनेर आफैंमा अत्म निर्भर बन्न पुस्तौं देखि प्रेरित गरिरहेका छन् । त्यस्ता पुस्तालाई सरकारले यो मुलुकमा रोजगार दिन सकेको छैन । लाखौं बेरोजगार नेपालीहरुको बिदेशमा अत्यन्त पीडादायी अबस्थासँगै नेपालमै बेकामे भएर बस्नु परेको समस्याले यी बरिष्ट कलाकारलाई छोयो । सोही समस्यालाई सम्बोधन गर्दै नेपालमा रोजगारीका लागि एउटा प्रेरणदायी कथा फुर्यो र नयाँ चलचित्र दाल भात तरकारी निर्माण गरियो । स्वदेशमै रोजगारीको बिषयमा यी बरिष्ट अभिनेताले फिल्मबाटै वकालत गरेका छन् ।

चलचित्र निर्माणमा १७ वर्षपछि फर्किएका मह जोडीले गत वर्ष चलचित्र सत्रु गते निर्माण गरेका थिए । यसपटक उनले चलचित्र दालभात तरकारी निर्माण गरेका छन् । नेपाली चलचित्रले विस्तारै उधोगको रुपमा लिने अबस्था सृजना भएपछि आफुहरु निर्माणमा आएको उनले बताएका छन् । तर बजार भन्दा निर्माण बढी भएकोमा यी बरिष्ट अभिनेताले बताएका छन् । अहिले नेपाली बजारलाई राम्रा डेढ दर्जन सिनेमा भए पुग्ने यी बरिष्ट अभिनेताको तर्क छ । नराम्रो धेरै फिल्म बनाउनु भन्दा राम्रो कम सँख्यामा फिल्म बनाएर दर्शकलाई हलसम्मा ल्याउने वातावरण बनाउने पर्ने पनि उनको सुझाब छ ।