गायनमा चम्कँदै गोर्खाकी छुनु

ब्युटी न्युज नेपाल
काठमाडौं, २ बैशाख

गायन क्षेत्रमा आफूलाई स्थापित गर्न लागिपरेकी छन् गायिका छनु गुरुङ । गोरखा स्थायी घरभई काठमाडौंलाई कर्मथलो बनाएकी उनी विगत पाँच वर्षदेखि नेपाली गीत सङ्गीत क्षेत्रमा रहेकी छन् ।

आधा दर्जन भन्दा बढी गीतबाट स्रोता÷दर्शकको माया जित्न सफल छुनु कभरसङ गाएर यो क्षेत्रमा होमिएकी हुन । उनले विस्तारै आफूलाई यो क्षेत्रमा स्थापित गर्दै लगेकी छन् । उनले झल्को, माइला, तीज गीत, कौडा गीत जुनसरी माया, दीपक शर्मा र प्रदाप दासको सहकार्यमा ‘के पो भन्मला…’ जस्ता गीत बजारमा ल्याएकी छन् । उनको स्वरमा रहेका गीतले चर्चा पनि पाइरहेका छन् ।

नयाँलाई यो क्षेत्रमा गाह्रो हुने बताउने उनले आफूले राम्रा मान्छेहरुको साथले सजिलो भएको बताउँछिन् । काठमाडौं बाहिरबाट आएकालाई जति सुकै प्रतिभा भए पनि गाह्रो हुने अनुभव उनले सुनाउँछिन् ।

नृत्यमा समेत पोख्त रहेकी उनी नृत्यक्षेत्रमा पनि त्यतिकै लगाव रहेको बताउँछिन् । पहिलो रोजाई नृत्य नै भए पनि पछि फेरि गायनलाई रोजेको बताउँने छुनु गुरुदेव कामतसँग गीत सङ्गीत सिकेर यो क्षेत्रमा होमिएकी हुन । लोक, लोक पप, पप र आधुनिक सबै खालका गीत गाउन मन पराउने र गाउने गरेको बताउने छुनु अलिक धेरै आधुनिक गीत गाउन मन पराउने खुलास गर्छिन ।

सानै देखि नृत्य र गायनमा अत्यधिक रुची राख्ने छुनु अहिले आएर नृत्य भन्दा पनि गायनमै आफूलाई स्थापित गर्नेक्रममा छिन् । जीवनलाई जिवन्त बनाउने माध्यम भनेको संगीत हो भन्ने छुनुको अर्को प्रतिभा भनेको डिजाइनर पनि हुन् । ड्रेस डिजाइनर पनि रहेकी उनी गीत संगीतकै क्षेत्रमा केही उल्लेखिय काम गर्ने चाह रहेको बताउँछिन् ।