ब्युटी न्युज नेपाल
काठमाडौं, १६ चैत

ब्युटिसियन ट्यालेन्ट नेपाल २०१९ (सिजन–२) का प्रतियोगीहरुले ट्यालेन्ट शो अन्तर्गत आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, रोज सिप विकाश तालिम केन्द्र र बिलक्षण क्रियसनद्धारा आयोजित यस प्रतियोगितामा ट्यालेन्ट अवार्डका लागि उनीहरुले ट्यालेन्ट शोमा विभिन्न कला प्रस्तुत गरेका हुन् ।

प्रतियोगीहरुबीच ब्राईडल कम्पिटिसन अर्थात बेहुली सृँगार प्रतियोगिता भएको छ । जसमा २५ जना प्रतियोगीले २५ बेहुली सृँगार गरेका छन् । कार्यक्रम स्थलमा ब्राईडल मेकअप पछि २५ जना बेहुलीको जमघटको दृष्य निकै रमाईलो बनेको थियो । ब्राईडल कम्पिटिसनमा मेकअप कम्पिटिसन, हेयर स्टाईल कम्पिटिसन र नेल आर्ट कम्पिटिसन भएको छ ।

ब्राईडल मेकअप कम्पिटिसनको निर्णायकहरुमा बरिष्ट ब्युटिसियनहरु सुमित्रा रँजित, इन्दु आचार्य, सुलोचना श्रेष्ठ, शशी शाह र अनिता खड्का रायमाझी थिए । यो प्रतिस्पर्धामा प्रतियोगीहरु बेहुलीको उत्कृष्ट सृँगार गरे ।

यस्तै प्रतियोगीहरुबीच ब्राईडल मेकअप अन्तर्गत ट्यालेन्ट शोमा बेष्ट हेयर स्टाईल प्रतिस्पर्धा सम्पन्न भएको छ । यो प्रतिस्पर्धामा प्रतियोगीहरुले बेहुलीको उत्कृष्ट जुरो अर्थात हेयर स्टाईल बनाए । यो प्रतिस्पर्धाको निर्णायकमा समाजसेवी सहिम शाह, बरिष्ट ब्युटिसियन रिना अवाले, मेनुका शिवाकोटी, रेणुका श्रेष्ठ, फेशन डिजाईनर काजल शर्मा थिए ।

बरिष्ट ब्युटिसियन मिना कुमारी रिमाल र विभिन्न ब्युटिसियनहरुको विशिष्ट आतिथ्यता रहेको सो प्रतियोगितामा नेलआर्टमा पनि प्रतिस्पर्धा भएको थियो । नेल आर्टको निर्णायकमा बरिष्ट ब्युटिसियनहरु लक्ष्मी महत, सारदा क्षत्री र सुजन तिमल्सिना थिए ।

ट्यालेन्ट शो अन्तर्गत यो सबै प्रतिस्पर्धाको रिजल्ट ब्युटिसियन ट्यालेन्ट नेपालको फाईनल समारोहमा २७ चैत नाचघरमा घोषणा गरिने र सोही दिन बिजेतालाई सम्बन्धित अवार्ड प्रदान गरिने आयोजक एवम् बरिष्ट ब्युटिसियन सोनी कारञ्जितले जानकारी गराएकी छिन् ।

यो प्रतियोगितामा २५ प्रतिस्पर्धी ब्युटिसियनहरु छन् । जसमा सरस्वती न्यौपाने, हेमा अबस्थी, बिनिता भट्ट ढकाल, सिमा श्रेष्ठ, समिता महर्जन, कल्पना ढकाल, बिजेता श्रेष्ठ, सरु जोशी, निकिता कुसुवार, मुना श्रेष्ठ, कविता लामा छन् ।

यस्तै जमुना पनेरु, बिर्जा खड्का, सारदा राहुमगर, रुपा बस्नेत, रिता श्रेष्ठ, मनिता बस्नेत, मिना कुमारी, शर्मिला गुरुङ, सुरती बराल, श्रीदेबी महर्जन, सविना महर्जन, हिमला पुन, सावित्री तामाङ र रसा अधिकारी पनि अन्तिम प्रतिस्पर्धी हुन् ।
ब्युटी न्युज नेपाल अफिसियल मिडिया रहेको यो प्रतिस्पर्धाको फाईनल २७ चैतमा राष्ट्रिय नाचघर जमलमा हुने छ ।

बिजेताले विभिन्न उपहार सहित पाँच दिनको बैंकक टुरलगायतको पुरस्कार प्राप्त गर्नेछन् । अन्य बिजेतालाई पनि विभिन्न पुरस्कार राखिएको छ । प्रतियोगिताको कोरियोग्राफी जयन सुब्बा मानन्धरले गरिरहेकी छिन् ।

ट्यालेन्ट शोमा बिशिष्ट अतिथिहरुमा प्रतियोगिताका स्पोन्सर कम्पनीका अध्यक्ष एवम् म्यानेजरहरु थिए । जसमा सफा कटन तथा नेपाल केस्मेटिक ब्यबसायिक संंघका अध्यक्ष रञ्जित पौडेल, कला कोला कम्पनीका अध्यक्ष चेतन गोलय र कन्ट्री म्यानेजर निर्मल पोखरेल, नेचर इसेन्सका कन्ट्री म्यानेजर रमेश उप्रेती, रश्मिलाज फेसियल हाउसका प्रबन्ध निर्देशक एवम् समाजसेबी प्रकाश कुमार श्रेष्ठ, स्किन भिटाबाट सचिन मुडभरी, स्लाईसेस लोनिकबाट रमेशराज पाण्डे थिए । कार्यक्रममा विभिन्न ब्युटिसियनहरु अतिथि थिए ।

तस्बिर ः प्रदीप कँडेल