७१ सिनेमा हलमा चलचित्र गोपी 


ब्युटी न्युज नेपाल

काठमाडौं १८ माघ 

शुक्रबार अर्थात आज १८ माघबाट चलचित्र गोपी रिलिज भएको छ । सञ्चारकर्मी दीपेन्द्र लामाले निर्देशन गरेको चलचित्र गोपी स्वदेशमै केही गरौं भन्ने सन्देश सहित दर्शकमाझ आएको हो ।

गोपीका कार्यकारी निर्माता एवम् सञ्चारकर्मी श्रीधर पौडेलका अनुसार राजधानी र मोफसलका ७१ ओटा सिनेमा हलमा यो चलचित्र रिलिज शुक्रबारबाट भएको छ । काठमाडौं यस अघि प्रदर्शन गरिएको दुई ओटा शोबाट आफुहरुले निकै राम्रो प्रतिक्रिया पाएको उनले बताएका छन् ।

यसका निर्देशक दीपेन्द्र लामाले स्वेदशमै रोजगारीको अबस्था सृजना गर्दै गाई पालेर वसेका एउटा युवाको कथामा गोपी आधारित रहेको जानकारी गराएका छन् । उनका अनुसार यो फिल्म मौलिक कथामा आधारित छ ।

गोपीमा विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त मुख्य भूमिकामा छन् । जसमा अंकित खड्का, रमेश अधिकारी, प्रकाश घिमिरे, भोलाराज सापकोटा, सरोज अर्याल, हिउँवाला गौतमसहितको अभिनय छ

सञ्चारकर्मी  सामिप्यराज तिमल्सिनाले लेखेको यो फिल्ममा शैलेन्द्र डी कार्कीको छायाँकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ । चलचित्र रोज निर्माण गरेका मणिकरण केसी यसका अर्का निर्माता हुन् ।