विवाहपछि फेरीएको लेखबहादुर र रुकमणीको जीवनशैली 


ब्युटी न्युज नेपाल

काठमाडौं १४ पुष 

होचा पुड्का कलाकार लेखबहादुर मोक्तानको जीवनशैली पछिल्लो समय फेरिएको छ । कलाकार मोक्तानले मंसिरमा रुकमणी खड्कासँग विवाह गरेका हुन् । यी दुई बीच केही सयमदेखि प्रेम सम्बन्ध पनि थियो ।

मुलत होचा पुड्का संघका काम गर्ने बेलामा भेटघाट भएपछि लेखबहादु र रुकमणीबीच निकटता बढेको हो । दुबै होचा पुड्का छन् । उनीहरुबीच अथाह प्रतिभा छ । यी जोडी पहिला देखि नै कलाकारितामा थिए । तर विवाह गरेपछि आफ्नो विवाह भिडियोबाटै लेखबहादुर र रुकमणी भाईरल भए ।

तथापि उनीहरुलो आफ्नो दाम्पत्य जीवनसँगै कला यात्रालाई पनि सँगै अघि बढाएका छन् ।

आफुहरु एकले अर्कालाई साह्रै मायाँ गर्दै आएको लेखबहादुर र रुकमणीको भनाई छ । दाम्पत्य जीवनमा बाँधिएपछि एकातिर दुबैको जिम्मेवारी बढेको छ भने अर्कातिर मिडियाको साथ पनि उनीहले त्यत्तिकै पाएका छन् । पछिल्लो एक महिना त यी जोडीलाई भिडियो च्यानल (युट्युव)मा अन्तरवार्ताले व्यस्त बनाएका छन् । साह्रै मिजासिल यी जोडीसँग विवाहपछि दोस्रो पटक ब्युटी न्युज नेपालकी समाचारदाता सरिता भारती र प्रदीप कंडेलले भेटेर कुराकानी गरेका छन् । उनीहरुसँगको रमाईलो कुराकानी हेरौं भिडियोमा ः