साहिमाले क्रिसमस डेमा दर्शक नचाउने


ब्युटी न्युज नेपाल
काठमाडौं, २५ मंसिर

गायिका साहिमा श्रेष्ठले क्रिसमस डेको अवसर पारेर आगामी १० पुसमा काठमाडौ बिजनेश पार्क टेकु अवस्थित मसला कटेज एण्ड लन्चबारमा आयोजना हुने ‘क्रिसमस विथ कलाकार’ मा दर्शकलाई आफ्नो गीत संगीतबाट नचाउने छिन् ।

मसला कटेजकै आयोजना रहेको कार्यक्रममा गायिका श्रेष्ठले तिम्रो डोला डोला हातमा…, तिम्रो पिक्चर हिट…, हेरेको हेरै…, माथी माथी… लगायत करिब दर्जन बढी फिल्म तथा एल्बमका गीत गाउने छिन् ।

कार्यक्रममा साहिमाको गुन्जन श्रेष्ठ, उत्तम श्रेष्ठ लगायत गायक गायिकाको समेत प्रस्तुति रहनेछ । क्रिसमस डे चर्चित गायक गायिकाको लाइभ गीत संगीतसँगै मनाउने अवसर प्रदान गर्न ‘क्रिसमस विथ कलाकार’ कार्यक्रम आयोजना गर्न लागिएको मसला कटेजका प्रवन्ध निर्देशक मिलेस रायले जानकारी दिए ।