निःसन्तानको पीडा नारी र पुरुष दुबैलाई हुँदो रहेछ –नम्रता श्रेष्ठ


अन्तरवार्ता

शुक्रबार (२१ मंसिर)बाट चलचित्र प्रसाद देशव्यापी सिनेमा हलमा रिलिज हुँदैछ । यो फिल्ममा अभिनेत्री नम्रता श्रेष्ठ पहिलो पटक एक ग्रामिण निःसन्तान महिलाको भूमिकामा छिन् । सुवास थापाले निर्माण गरेको प्रसादलाई सञ्चारकर्मी शुशिल पौडेलले लेखेका हुन् । दिनेश राउतले निर्देशन गरेका यो फिल्ममा नम्रतासँगै विपिन कार्की र निश्चल बस्नेतको पनि अभिनय छ । चलचित्र प्रसाद प्रदर्शनको संघारमा रहेको बेला यसको आज प्रमियर शो पनि राखिएको छ । यसै प्रसँगमा अभिनेत्री नम्रता श्रेष्ठसंग ब्युटी न्युज नेपालका लागि सरिता भारतीले यसै हप्ता गरेको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ–

प्रसाद कस्तो फिल्म हो ?
यो नारी प्रधान सामाजिक चलचित्र हो । यो चलचित्रमा काम गर्दा मैले निःसन्तान हुँदाको पीडालाई राम्ररी बुझ्ने अवसर पाएकी छु । छोराछोरी भएनन् भने नारीले मात्र पीडा भोग्नुपर्छ पुरुषलाई खासै वास्ता हुन्न जस्तो मलाई लागेको थिया, तर सन्तान नहुँदाको पीडा नारीलाई जत्तिकै पुरुषलाई पनि हुने गरेको मलाई यसपटक महसुस भयो ।

यसमा तपाई पनि दलितको भूमिकामा हो ?
हैन, विपिनको र मेरो इन्टरकास्ट म्यारिज हुन्छ । कथा अनुसार अफेयरमा भएपछि मैले दलितयुवासँग इन्टरकास्ट म्यारिज गरेकी हुन्छु । त्यसपछि निःसन्तान हुँदा हामीले भोग्नु परेको पीडा र गर्नु परेको संघर्षमा चलचित्रको कथा अघि बढ्छ ।

तपाईले निःसन्तान नारीको भूमिका त निर्वाह गर्नु भयो । त्यो सम्बन्धि पहिला कतै कसैको त्यो अबस्था र पीडा महसुर गर्नु भएको थियो ?
हाम्रो परिवारमा पनि एक जना दिदीले सन्तान दिन नसकेका कारण हामीसँग निकै दुखेसो गर्नुभएको थियो । जब मैले चलचित्र प्रसादमा सन्तान जन्माउन नसकेकी दुःखी पत्नीको भूमिका निर्वाह गरें, तब मलाई ती दिदीको पीडा अझ बढी महसुस भयो । समाजमा सन्तान नभएका अरु पनि थुप्रै दिदी बहिनीहरुको अबस्था पनि मैले देखेको छु । ती सबैकुराले मलाई प्रसादमा नारायणीको यो भूमिका निर्वाह गर्न सजिलो भयो ।

A033_C015_0101A0

बिगतमा सानो संसार, मेरो एउटा साथी छ, नोभेम्बर रेन, क्लासिक थुप्रै फिल्ममा हाईफाई जीबनशैली र सम्पन्न युवतीको भूमिका निर्वाह गरिसक्नु भएको थियो । यसपटक ग्रामिण बिपन्न महिलाको भूमिका निर्वाह गर्नुको कारण ?
निर्देशक दिनेश राउतले जब मलाई प्रसादको स्कृप्ट पढ्न दिनु भयो । त्यो स्कृप्ट पढेपछि मैले बिगतमा गरेको काम भन्दा यसमा नारायणीको भूमिका बिल्कुलै फरक पाएँ । नारायणीको क्यारेक्टरले मलाई यती धेरै आकर्षित गर्योकी मैले यो रोल मै गर्छु है भनें । यो कन्टेन्ट बेसको क्यारेक्टर पावरफुल भएको फिल्म पनि हो । जुन मेरोलाई काम देखाउन सक्ने फिल्म पनि हो ।

प्रसादको ट्रेलर हेर्दा त निश्चल बस्नेत तपाईंको पछि लागेको खलनायकको जस्तो भूमिकामा देखिन्छ नी ?
नायक र खलनायक के हो भनेर अहिले नै भन्न गाह्रो छ । यसकालागि तपाईंहरुले फिल्म नै हेर्नु पर्ने हुन्छ । तपाईहरुले सोचेको भन्दा निश्चलको यसमा फरक भूमिका छ ।

यो फिल्ममा काम गर्दाको अरु सुखद पक्ष ?
बिपिनसँग छड्के र तान्डबपछि फेरी एउटा राम्रो फिल्म प्रसाद खेल्ने अबसर पाएकी छु । निश्चल बस्नेतसँग पनि चलचित्रमा काम गर्ने अबसर पाउँदा दुबैबाट केही सिक्ने र अनुभव साट्ने पनि मौका मिल्यो । बिगतमा शहरीया जीवनमा आधारित फिल्म खेल्दै आएकोमा यसपटक गरिबी ग्रामीण जीवनसँगै उनीहरूलाई नजिकबाट नियाल्ने अवसर यो फिल्मबाट पाएँ । आर्थिक रूपमा विपन्न भए पनि उनीहरू सानो कुरामा समेत कसरी रमाउने गर्छन भन्ने महसुस मलाई चलचित्र प्रसादमार्फत निर्देशक दिनेश राउतले गराउनु भएको छ ।

फिल्मको पुरै विक (नक्कली कपाल) लगाएर लेख्नु भएछनी किन ? गाह्रो भएन ?
यो त्यहीबेला मेरो चलचित्र जाइराको पनि सुटिङ चलिरहेको थियो । त्यो फिल्ममा म एउटा खेलाडीको भूमिकामा भएकाले मैले ब्वाईज कट कपाल काटेर छोटो बनाएको थिएँ । सोही कारण विक लगाउनु पर्यो । त्यसैले थोरै समस्या भएको हो ।