समर लभको सायामा आशिष र रेवतीको रोमान्स


ब्युटी न्युज नेपाल
काठमाडौं, १७ मंसिर

२४ माघबाट रिलिज हुने समर लभको साया…गीतको भिडियो सोमबार सार्वजनिक गरिएको छ । सुबिन भट्टराईको उपन्यास ‘समर लभ’मा आधारित चलचित्रको साया रोमाञ्चकारी गीत हो ।
यो गीतको भिडियोमा अभिनेता आशिष पिया र अभिनेत्री रेवती क्षत्रीको रोमान्स लोभलाग्दो छ । गीतलाई बुढासुब्बा म्युजिकको च्यानलबाट रिलिज गरिएको हो ।

गीतमा विदेशका विभिन्न सहरका मनोरम दृश्य समेटिएको छ । यी दृश्यले पनि उनीहरुको रोमान्सलाई सजीव तुल्याएको छ ।

गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ । गीतमा पुष्पन प्रधान र बानिका प्रधानले स्वर दिएका हुन् । यसको शब्द र संगीत पनि पुष्पनकै हो ।

मुस्कान ढकालको निर्देशनमा तयार भएको चलचित्रमा आशिष र रेवतीसँगै सुरजसिंह ठकुरी, सरोज खनाल, ओम प्रतीक, नम्रता सापकोटा र शिशिर भण्डारीको अभिनयछ ।

चलचित्रलाई खगेन्द्र श्रेष्ठ, इन्दु भण्डारी र विनोद अधिकारीले निर्माण गरेका हुन् । जसमा स्वप्न सरकार र मनोज विक सहनिर्माता छन् । सुबिनको कथालाई सामीप्यराज तिमल्सेनाले पटकथामा ढालेका हुन् भने चलचित्रको संवादमा सामीप्यले सुबिनसँग साझेदारी गरेका छन् ।