ब्युटी न्युज नेपाल
काठमाडौं ९ मँसिर

गीतकार डा. डी.आर. उपाध्यायले एक साथ एकल रुपमा धेरै गीतिसँग्रह बिमोचन गरेर नयाँ रेकर्ड कायम गरेका छन् । उनले आफ्नो रचनायुक्त सात ओटा गीतिसँग्रह एकै पटकमा सार्वजनिक गरेका हुन् ।

यस अघि सँयुक्त रुपमा १५ ओटासम्म नेपाली गीतिसँग्रह बिमोचन गरिएको भए पनि एकै जना गीतकारको सात ओटा गीतिसँग्रह बिमोचन गरिएको यो पहिलो पटक हो ।

राष्ट्रकवि माधव प्रसाद घिमिरेको हातबाट उनले आईतबार दिउँसो काठमाडौंमा एक समारोहबीच एकैपटक सात ओटा गीतिसँग्रह बिमोचन गराएर यो कृर्तिमानी काम गरेका हुन् । सोही कार्यक्रममा तीन वटा म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो ।

समारोहमा जखम, माउन्टेन मेलोडी, नसालु नजर, जोहो, अन्तराप, प्रतिनाद र सहेली एकैपटक विमोचन भएको थियो । यी गीतिसँग्रहमा बुलु मुकारुङ, सन्तोष श्रेष्ठ र सागर अधिकारीको संगीत छ । सँग्रहका गीतहरु ३२ जना गायक गायिकाले गाएका छन् ।

बिमोचनको नयाँ रेकर्ड (हेर्नुस भिडियो)

जमल स्थित नाचघरमा आयोजित बिमोचन तथा डा. डी आर.का गीतहरु प्रस्तुति कार्यक्रममा राष्टकवि माधब प्रसाद घिमिरे र उनकी धर्मपत्नी महाकाली घिमिरेलाई ५१ हजार रुपैयाँ सहित आयोजकका तर्फबाट सम्मानित गरियो ।

बिमोचत सँग्रहका गीतहरु समेत प्रस्तुत गरिएको कार्यक्रम तीन घन्टासम्म संगीतमय भएको थियो । संगीतकार राजु सिंहको अगुवाईमा प्रत्यक्ष बाद्यबादन सहित बिमोचित सँग्रहका विभिन्न ११ ओटा गीतहरु चर्चित गायक गायिकाहरुले कार्यक्रममा गाएका हुन् ।

सो सम्मानप्रति धन्यबाद ज्ञापन गर्दै राष्ट्रकवि घिमिरेले डा. डी.आरले एक साथ सात ओटा गीतिसँग्रह सार्वजनिक गरेर एउटा ऐतिहाँसिक काम गरेको बताए । गीतकार डी. आर.को सफलताको कामना गर्दै डी.आरका गीत सुन्दा उनी बहुआयमिक भएको र शब्द केलाउन निकै सिपालु रहेको पनि राष्ट्रकवि घिमिरेले बताए ।