शक्ति बल्लभलाई विन्ध्यवासिनी लाईफ टाईम अवार्ड, अजर र प्रश्ना सर्वोत्कृष्ट गायक गायिका


नवौं मुक्तिनाथ विन्ध्यवासिनी म्युजिक अवार्ड–२०७

ब्युटी न्युज नेपाल
काठमाडौं ७ मँसिर
नेपाली संगीत क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि निरन्तर योगदान  पुर्याएको भन्दै अग्रज संगीतकार शक्ति बल्लभ श्रेष्ठलाई १ लाख रुपैयाँ सहितको ‘बिन्ध्यवासिनी लाईफ टाईम एचिमेन्ट अवार्ड–२०७५’बाट सम्मानित गरिएको छ ।

शुक्रबार बेलुका काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा बिन्ध्यवासिनी फाउन्डेसनले आयोजना गरेको ‘नवौं मुक्तिनाथ विन्ध्यवासिनी म्युजिक अवार्ड–२०७५’ मा शक्ति बल्लभलाई लाईफटाईम एचिभमेन्ट अवार्ड प्रदान गरिएको हो ।

समारोहमा विभिन्न प्रतिस्पर्धी ३३ विधामा अवार्ड प्रदान गरिएको थियो । कार्यक्रममा सुमग संगीततर्फ सर्वोत्कृष्ट गायकको उपाधि चाहिएन सागरबाट…अजर जँगमले र गायिका तर्फको अवार्ड ए हावा…गीतबाट प्राश्ना शाक्यले पाए ।

सुमग संगीत तर्फ दिलिप योञ्जन तामाङको गीत आफ्नै छायाले…गीत वर्षको सर्वोत्कृष्ट गीत सावित भयो । यस्तै सर्वोत्कृष्ट सुगम संगीतकारको अवार्ड माया गर्छु मनै मनमा…बाट श्रीकृष्णबम मल्लले, सुगम संगीत रचनातर्फको अवार्ड मुटु चोरी लाने मायालाई…बाट राजुबाबु श्रेष्ठले प्राप्त गरे ।

सुगमतर्फ नै महिला गीतकारको अवार्ड सुन्दर फूलको थुँगा…बाट पद्मा लिंखा मगरले, सर्वोत्कृष्ट एलबमको अवार्ड बि.एम. गुरुङ बलुले सृष्टीका बिम्बबाट र संगीत संयोजकको अवार्ड तिमी एक प्रेम कथा…बाट कमल सौरागले पाए ।

यस्तै पप तर्फ सर्वोत्कृष्ट पप गायकको अवार्ड तिम्रो कर्ली कपाल…बाट प्रेमप्रकाश ओलीले, महिला तर्फको पप गायन अवार्ड भेटेरै भन्नु छ…बाट दुर्गा खरेलले, पप संगीत तर्फको अवार्ड तिमीलाई छुँदैछ…बाट राजु सिंहले, युगल गायनतर्फको अवार्ड नौलाई शुन्य नब्बे…बाट रुपकुमार राई र मेनुका राईले प्राप्त गरे ।

लोक दोहोरी तर्फ सर्वोकृष्ट गायकको अवार्ड बैंश आकी छोरीलाई…बाट नविन पौडेलले, गायिकाको अवार्ड लट्ठै पार्यो तिम्रो मायाँले…बाट मिरा गिरीले, लोकदोहोरी भाकाको अवार्ड मायाको लाजमा फसेको…बाट गणेश चौलागाईले, लोकदोहोरी रचनाको अवार्ड शब्दकोश…बाट प्रल्हद सुवेदीले, लोकदोहोरी गीतको अवार्ड रुदै धरर…बाट धर्मराज पाखेरलले हाँसिल गरे ।

यस्तै आधुनिक तर्फ म्युजिक भिडियोमा सर्वोत्कृष्ट मोडलको अवार्ड बेहुला बनाउँछु भन्थी…बाट दुर्गेश थापा र निशा बोहराले र लोकतर्फ सर्वोत्कृष्ट मोडलको अवार्ड पापी काल…बाट बिमल अधिकारी र रुपा कंडेलले प्राप्त गरे । भिडियो तर्फ नै लोकदोहोरी भिडियो निर्देशकको अवार्ड रातो अबिर…बाट काजिस श्रेष्ठले, आधुनिक गीतको भिडियो निर्देशक अवार्ड डन्ट किल मी…बाट निसान घिमिरेले, भिडियो छायाँकारको अवार्ड तिम एक प्रेमकथा…बाट अजय रेग्मीले, भिडियो सम्पादकको अवार्ड हरेक साँझ…बाट बिष्णु शर्माले हाँसिल गरे ।

यस्तै चलचित्र तर्फ सर्वोत्कृष्ट गायकको अवार्ड चलचित्र राज्जा रानीको चिपक चिपक…बाट नहरी प्रेमीले, गायिकाको अवार्ड चलचित्र मँगलम्को भन के गुरुँ म…बाट जुनु रिजाल काफ्लेले, संगीतकारको अवार्ड मँगलम्कै पर्ख पर्ख मायालू…बाट दीपक शर्माले प्राप्त गरे ।

यस्तै राष्ट्रिय भावनाले ओतप्रोत गीतको अवार्ड माटो माटो…बाट हरिराम महर्जन ‘ठेचो’ले, नवप्रतिभा आधुनिक, पप विधातर्फ आधिरात…बाट भिजन बासकोटाले, सर्वोत्कृष्ट नवप्रतिभा लोकदोहोरीको अवार्ड पछ्यौरी तातो…बाट शान्ता परियारले हाँसिल गरिन् ।

एस एस डिजिटललाई वर्षको सर्वोत्कृष्ट म्युजिक कम्पनीको अवार्ड, अमेरिकामा बस्दै आएका गायक बिमल डाँगीलाई बिन्ध्यवासनी अन्तराष्ट्रिय संगीत सम्मान प्रदान गरियो ।

कार्यक्रममा बलराम राजबँशीलाई विन्ध्यवासिनी जुरी अवार्डबाट सम्मानित गरियो । सर्वाधिक १९ हजार ८ सय ३६ मत ल्याएर सुगन शाही र देबेन्द्र क्षत्रीले पब्लिक च्वाईस अवार्ड प्राप्त गरे । यस्तै मोडल करिष्मा ढकाल र रामजी खाँडले बिन्ध्यवासिनी पपुलर अवार्ड प्राप्त गरे ।

राजकृष्ण ढकाल, आनन्द कार्की, दुर्गा परियार लगायतले आफना चर्चित गीतमार्फत अवार्ड समारोहलाई संगीतमय तुल्याएका थिए । अग्रज सिनेकर्मी तथा सञ्चारकर्मी दिनेश डिसीले प्रहसन सहित सञ्चालन गरेको सो अवार्ड समारोहमा शिब बिक, दीपासा बिसी, निर्मला निरौला, काजिस श्रेष्ठ, शँकर बिसी, रिना थापामगरलगायतको नृत्यले समारोहमा दर्शकलाई समेत नचाएको थियो ।

कार्यक्रममा २५ हजार ५ सय २५ रुपैयाँ सहितको संगीत पत्रकारिता पुस्कार–२०७५बाट पत्रकार रमण घिमिरेलाई सम्मानित गरियो ।
यस्तै १५ हजार ५ सय १५ रुपैयाँ सहितको संगीत रत्नसम्मानबाट गायक सुगम पोखरेललाई, १० एक सय १० रुपैयाँ सहितको विन्ध्यवासिनी चलचित्र सम्मानबाट चलचित्र कालोपाथीका निर्देशक मिनबहादुर भामलाई सम्मानित गरियो ।