मनितको पानी है पर्यो


व्युटी न्युज नेपाल
काठमाडौं, ६ मँसिर

गायक मनित गुरुङको आफ्नो नयाँ गीत ‘पानी है पर्यो…’ को भिडियो रिलिज गरेको छ । उनले भिडियोलाई युट्युबबाट रिलिज गरेका हुन् । भिडियोको कथामा प्रेमीलाई एउटी मायालु प्रति समर्पित गरिएको देखाइएको छ ।

राजेन्द्र तामांङको शब्द तथा संगीत रहेको गीतमा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ । युबराज वाइबाले निर्देशन गरेको भिडियोमा क्रिस्टिना थापा र जेडी तमुले मोडलिङ गरेका छन् ।

भिडियोमा उत्सब दाहालको छायांकन, निशान घिमिरेको सम्पादन छ । यसलाई एसियन म्युजिकको अफिसियल च्यानल मार्फत सार्बजनिक गरिएको छ ।