एकल साँझको तयारमा जुटे गीतकार डा. डि आर


व्युटी न्युज नेपाल
काठमाडौं, १ मँसिर
गीतकार डा.डि आर उपाध्यायले आफ्ना एकल गीतहरुको ‘प्रतिनाद सांगीतिक साँझ २०७५’ आयोजना गर्ने भएका छन् । आफ्नो सांगीतिक यात्राको दौरानमा तयार भएका गीतहरु समेटेर यो एकल साँझ आयोजना गर्न लागेको उनले बताए ।

सोही कार्यक्रममा राष्ट्रकबि माधव प्रसाद घिमिरेलाइ रु ५१ हजार नगद सहित अभिनन्दन गरिने भएको छ । नेपाली गीत लेखनमा निरन्तर योगदान दिएका कारण घिमिरेलाई सम्मान गर्न लागेको पनि उपाध्यायले बताए ।

९ मंसिरमा काठमाडौँको राष्ट्रिय नाचघरमा सम्पन्न हुने उनको एकल साँझमा विभिन्न गायक गायिकाहरुले एकल र युगल प्रस्तुति दिने छन् । कार्यक्रमको संगीतकार राजु सिंहले संयोजन गर्दैछन् । एकल साँझमा नेपालका लोकप्रिय कलाकार एवम् बाद्यबाधकहरुको बेजोड प्रस्तुति रहने उपाध्यायले बताएका छन् ।

अभिनन्दनको साथमा उपाध्यायका सात सांगीतिक कृति र एउटा उपन्यास पनि लोकार्पण हुनेछन । एउटा सर्जकको एकैपटक यतिधेरै कृति बिमोचन एकल गाएनको साथ हुन लागेको यो पहिलो पटक नै हो ।

नयाँ गीति सँग्रहमा बुलु मुकारुङ, सन्तोष श्रेष्ठ र सागर अधिकारी ‘शरद’ को संगीत रहेको छ । जसमा चर्चित गायक गायिकाहरुको स्वर समेटिएको छ । आफ्नो गीति जीवनकै पहिलो एकल साँझ मार्फत गुञ्जिन लागेकोमा निकै उत्साहित रहेको डा.उपाध्यायले बताए ।