यस्तो छ खुमन र गायत्रीको पञ्चेबाजा गीत (भिडियो सहित)


ब्युटी न्युज नेपाल
काठमाडौं ३० कात्तिक

लोक गायक खुमन अधिकारी र गायिका गायत्री थापाले आफ्नो स्वरमा नयाँ पन्चेबाजा गीत ‘बोली मिठो…’ दर्शक श्रोतामाझ ल्याएका छन् ।

यी दुईले गायको यो गीतको भिडियो शिव दर्शन फिल्मस्को युट्युव मार्फत सार्वजनिक गरिएको छ । गीतमा बीबी थापाको शब्द तथा महेन्द्र मण्डारीको संगीत छ ।

भिडियो ;

भिडियोमा दुर्गिस थापा र सम्पदा बाँनिया मुख्य मोडलका रुपमा देखिएका छन् । गायका खुमन र गायिका गायत्रीलाई भिडियोमा देख्न सकिन्छ । बिबाह समारोह श्रृजना गरेर तामझामका साथ निर्माण गरिएको छ ।

भिडियोमा एक केटाले बिबाह समारोहमा केटी पट्याउन गरेको संघर्ष कथाको रुपमा प्रस्तुत छ । योे गीतको भिडियोमा दुर्गा पौडेलको छायाँकन, अमृत चापागाइको सम्पादन रहेको छ ।