१५ चैतमा रिलिज रोज्दै आयो साँइलीको फस्ट लुक्स


व्युटी न्युज नेपाल
काठमाडौं ३० कात्तिक

सुन साँइली सुन साँइली
परदेशबाट म आउँला
चालिस कटेसी रमाउँछ….

गायक हेमन्त रानाको स्वरवद्व यो चर्चित गीत माथि केन्द्रित रहेको निर्देशक रामबाबु गुरुङले चलचित्र ‘साँइली’ निर्माण गरेका छन् ।

आगामी १५ चैतबाट देशव्यापी रिलिजको घोषणा सहित यो चलचित्रको शुक्रबार फस्ट लुक्सको रुपमा उनले तीन ओटा पोष्टर सार्वजनिक गरेका छन् ।

सिक्स सिटरको एउटा पोष्टरमा मुख्य चार कलाकार दयाहाङ राई, मेनुका प्रधान, गौरब पहारी र केनिपा सिंह समेटिएका छन् । बाँकी दुई पोष्टरमा साँइलीको रुपमा सो गीतको भिडियोबाट लोकप्रिय बनेकी मेनुका प्रधानलाई एकल स्थान दिईएको छ ।

चलचित्रमा यी चार कलाकारसँगै टीका पहारी, पुष्कर गुरुङ, लोकेन्द्र लेखक, किरण चम्लिङ राई, शुष्मा निरौला, स्टु कार्की, अरुणा कार्की, सरोज अर्याललगायतको मुख्य भूमिका छ ।

शैलेन्द्र ध्वज कार्कीले खिचेको यो फिल्मलाई विशाल गुरुङ र मोहन रानामगरले निर्माण गरेका हुन् । फिल्मको लेखक पनि रामबाबु गुरुङ नै हुन् ।