व्युटी न्युज नेपाल
काठमाडौं, १८ कात्तिक

यतीबेला युट्युवमा हट मोडल तथा गायिकाको रुपमा चर्चा कमाएकी लक्ष्मी आचार्यले नजिकिदै गरेको तिहारलाई लक्षित गर्दै देउसी भैलो गीत ‘कोही कोही मान्छे…’ सार्वजनिक गरेकी छन् ।

देउसी भैलो संस्कृतीले भरिएको आकर्षक भिडियो सहित उनले यो गीत सार्वजनिक गरेकी हुन् । उनकै स्वर रहेको गीतमा शब्द तथा संगीत भने जय देवकोटाको रहेको छ ।

लक्ष्मीले सांगीतिक क्षेत्रमा थुप्रै हिट लोक, आधुनिक र तिज गीत दिएकी छन् । थुप्रै सहायक कलाकार प्रयोग गरिएको गीतको भिडियोमा लिड उनी आफैले गरेकी छन् ।

ओम श्रेष्ठको कोरियोग्राफी, राजेश घिमिरे र बिरेन्द्र भट्टको छायाँकन, अभिनास डिसीको सम्पादन रहेको भिडियो बविता श्रेष्ठले निर्देशन गरेकी हुन् ।