गोजीमा दाम नहुँदा राजनराजलाई ५० हजार बोनस


व्युटी न्युज नेपाल
काठमाडौं, १४ असोज

आफ्ना गीतबाट करोड भन्दा माथि भिवर्स कमाउँदै आएका संगीतकार राजनराज शिवाकोटीलाई चलचित्र चँगा चेटको गीत गोजीमा दाम छैन…बाट फेरी यस्तै सफलता मिलेको छ ।

यो गीत अहिले जताततै हिट छ । गीतको भिडियो युट्युवमा एक करोड ५२ लाख भिवर्स नाघि सकेको छ । यही अबसरमा मँगलबार काठमाडौंमा केक काटेर निर्माण पक्षले खुसी साटेको थियो ।

सोही कार्यक्रममा गोजीमा दाम छैन…गीतको सफलताका लागि संगीतकार राजनराज शिवाकोटीलाई ५० हजार रुपैयाँ बोनस दिईयो । यो फिल्मको संगीत गर्ने क्रममै एक करोड भिवर्स कटेको खण्डमा ५० हजार रुपैयाँ दिने घोषणा निर्माता माधव वाग्लेले गरेका थिए । सोही घोषणा बमोजिम उनलाई ५० हजार बनोस दिईएको निर्माता वाग्लेले कार्यक्रममा बताए ।

’गोजीमा दाम छैन’ गीतमा राजनराज सिवाकोटी, मेलिना राई र ग्रिष्मा सिवाकोटीको स्वर छ । गीतको शब्द हरिहर तिमल्सिनाले लेखेका हुन् ।

गोजीमा दाम नभएको बेला ५० हजार हातमा पर्दा खुसी लागेको राजनले बताए । त्यो मध्यबाट पाँच प्रतिसत रकम गीतकारलाई दिने पनि उनले घोषणा गरे ।