प्रसादको वनको चरी…लोकदोहोरी भाकामा


व्युटी न्युज नेपाल
काठमाडौं, २९ असोज

काठमाडौंमा एक समारोहबीच चलचित्र ‘प्रसाद’को लोक दोहोरी भाकाको गीत वनकी चरी…को भिडियो रिलिज गरियो । आगामी २१ मंसिरमा रिलिजको घोषणासहित चलचित्रको यो गीतको भिडियो सार्वजनिक गरिएको हो ।

सुवास भुसालले संगीत गरेको यो गीत बी पाण्डेले लेखेका हुन् । गीतको कोरियोग्राफी शिव विकको हो । यो गीतमा रूपक डोटेल र अञ्जु पन्तको स्वर रहेको छ ।

सिनेमाको कथाअनुसार यो गीत राखिएको र गीत मौलिक भाकामा तयार गरिएको यसका निर्देशक दिनेश राउतले कार्यक्रममा बताए ।

गीतको भिडियोमा विपिन कार्की गायकका रूपमा र निश्चल बस्नेत एवं अञ्जली अधिकारी नृत्य कलाकारका रूपमा प्रस्तुत भएका छ । चलचित्रमा यी तीन कलाकारसँगै नम्रता श्रेष्ठको मुख्य भूमिका छ । चलचित्रको यो गीत दोहोरी रेस्टुरेन्टको सेट तयार गरेर छायांकन गरिएको यसका निर्देशक दिनेश श्रेष्ठले खुलासा गरे ।

निःसन्तान दम्पतीले सन्तानका लागि गरेको संघर्षमा यसको कथा केन्द्रित रहेको निर्माण पक्षले जनाएको छ । समाजमा जातीय विभेद र छुवाछूतको समस्यालाई पनि चलचित्रको कथामा उठान गरिएको छ ।
सञ्चारकर्मी सुशील पौडेलले लेखेको यो चलचित्रलाई सुवास थापाले निर्माण गरेका हुन् । जसमा लोकेश बज्राचार्यको सम्पादन, राजेश श्रेष्ठको छायांकन रहेको छ ।