‘यसकारण कथा काठमाडौंको यौन दृष्य दिएँ’–प्रियँका


व्युटी न्युज नेपाल
काठमाडौं, ७ असोज

अभिनेत्री प्रियँका कार्कीले महिला बिरुद्ध हुने यौन हिंसा रोक्नकै लागि आफुले कथा काठमाडौंमा हिंसायुक्त यौन दृष्य दिएको बताएकी छिन् । सो चलचित्रको रातका कुरा…गीतमा यस्तो भिडियो रिलिजपछि भाईरल भएको थियो । यो विषयमा प्रियँका सुरुमा बोलिनन् ।

तर यसपटक व्युटी न्युज नेपालसँगको कुराकानीमा उनले भनिन्,‘महिलाहरुलाई पुरुषले सा–साना कुरामा शोषण र हिंसा गरिरहेका हुन्छन् । त्यसलाई महिलाले सहनुपर्छ भन्दा भन्दै पुरुषहरु अन्तत यौन हिंसामा उत्रन्छन् ।’ यही कुरालाई प्रतिकार गर्न एउटा यौन हिंसा पीडित मोडलको भूमिका आफुले निर्वाह गरेको यी अभिनेत्रीले बताएकी छिन् ।

आफुले यो फिल्मको दिएको यौन हिंसाको दृष्यले पुरुषबाट नारी माथि यौन हिंसा कसरी हुन्छ र त्यसको प्रतिकार कसरी गर्नुपर्छ भन्ने बारे दर्शकलाई महसुस गराउने पनि उनले जिकिर गरेकी छिन् ।

दुई महिना अघि अभिनेता अयुष्मान देशराज जोशीसँग विवाहको लागि टिको टालो गरेकी प्रियँकाले कथा काठमाडौंमा आफु र प्रमोदको ‘सेक्स सिन’ आउँदा परिवारमा कुनै असर नपरेको बताएकी छिन् । बुबा आमालाई केही तनाव भए पनि आयुष्मान र उनको परिवारले कुनै नकरात्मक प्रतिक्रिया नदिएको पनि उनले बताएकी छिन् ।

कथा काठमाडौंको रातका कुरा…गीतमा अभिनेत्री प्रियँका र अभिनेता प्रमोदको करिब एक मिनट लामो यौनसम्बन्धको दृष्यलाई प्रस्तुत गरिएको छ । त्यो दृष्यलाई पछि पोर्न हब जस्तो ‘सेक्स साईट’ले पनि हाल्यो । पोर्न हबबाट त्यो दृष्य हटाउन आफुहरुले प्रहरीमा उजुरी सहित अनुरोध गरेको तर अहिलेसम्म त्यो कार्यन्वयन नभएको पनि यी अभिनेत्रीले खुलाईन् । यसै बिषयमा उनी सहित अभिनेता प्रमोद र निर्देशक संगीतासँग गरिएको अन्तरवार्ता (भिडियो) –