कलेज क्याम्पियनमा चलचित्र अनुराग


व्युटी न्युज नेपाल
काठमाडौं २ असोज

यही १२ असोजबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘अनुराग’का कलाकार, निर्देशक, निर्माता कलेज क्याम्पियनमा व्यस्त छन् ।

राजधानीका विभिन्न कलेजमा कलाकार पुगेर चलचित्रको प्रचार प्रसारलाई तिव्र पारिएको प्रस्तुतकर्ता एवम् पत्रकार ऋषि धमलाले बताएक छन ।

चलचित्रको टिम आइतबार बिहान जोरपाटी स्थित समता कलेज पुग्यो । यस्तै यो टोली सोमबार कौसलटार स्थित जनप्रेमी कलेज पुगेको यो चलचित्रकी अभिनेत्री एलिजा गौतमले बताइन् ।

एलिजा गौतम, अभिनेता समुन्द्र पण्डित, लगायतको टिम कलेजमा पुगेका हुन । एलिजा र समुन्द्र कलेज पुग्दा विद्यार्थीहरुले उत्साहित भइ घेरा हाल्दै अटोग्राफ र सेल्फी लिए ।

भरत गौतम र गीता भेटवालको लगानी रहेको यो चलचित्रलाई सत्यराज चौलागाईंले निर्देशन गरेका हुन् । यो चलचित्रमा एलिजा, समुन्द्र सहित ठिलेन लामा, राजाराम पौडेल, सरोज खनाल, रुपा राना, विश्व बस्नेत, शिशिर राणा, मोहन निरौलालगायतका कलाकारहरुको अभिनय छ ।

एक पृथक संगीतिक प्रेमकथामा बनेको ‘अनुराग’लाई एरिका फिल्म्सको ब्यानरमा तयार पारिएको हो । जसमा ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत, प्रविन सिंह र बिक्रम स्वाँरको कोरियोग्राफी, किरण दाहालको कथा, सत्यराज चौलागाई र आगत केसीको पटकथा तथा संवाद, राम कुमार केसीको छायाँकन छ ।