अभिनेत्रीका तीज,कोही पतिको लागि कोही आफ्नै लागि ब्रत


व्युटी न्युज नेपाल
काठमाडौं २७ भाद्र

आज महिलाहरुको महान पर्व हरितालिका तिज । सबै जसो नेपाली हिन्दु महिलाहरु तिजको अबसरमा भगवान शिवजीको ब्रत बसेका छन् ।

यसै क्रममा नेपाली चलचित्रका अभिनेत्रीहरु पनि व्रत वसेका छन् । अधिकाँस अविवाहित अभिनेत्रहरुले आफ्नो स्वास्थ्य दीर्घजीवन र सफलताको लागि ब्रत बसेको बताएका छन् । अभिनेत्री निता ढुँगानाले पनि सुस्वाथ्य, दीर्घ जीवन र सफलताको लागि ब्रत बसेको बताएकी छिन् ।

केही महिना अघि इँगेजमेन्ट भएकी अभिनेत्री प्रियँका कार्की आफ्नो हुनेवाला श्रीमान आयुष्मान देशराज जोशीको लागि ब्रत बसेकी छिन् ।

अभिनेत्री पुजा शर्मा यतीबेला आफ्नो नयाँ फिल्म रामकहानीको प्रचारमा व्यस्त छिन् । उनले पनि आफ्नो सिनेमाको सफलतासँगै स्वास्थ्य र दीर्घजीवनको कामना सहित ब्रत लिएकी छिन् ।

अभिनेत्री वर्षा शिवाकोटी, दीपिका प्रसाई, वर्षा राउत, स्वस्तिमा खड्का लगायतका अभिनेत्रीहरु पनि यतीबेला तिजको रमझममा व्यस्त छन् । तस्बिरमा यी अभिनेत्रीहरुको तिज मुड यस्तो देखिएको छ ।