फेरी प्रथामा बन्यो बृत्तचित्र, (यस्तो छ ट्रेलर)


व्युटी न्युज नेपाल
काठमाडौं, १४ भाद्र

पूर्बी पहाडमा प्रचलित फेरी लगाउने प्रथालाई निर्देशक दयाराम घिमिरेले बृत्तचित्र जोगीमा उतारेका छन् । यो बृत्तचित्रबाट उनले रातका देवतालाई संसारलाई देखाउने भएका छन् । हार्दिक मिडिया प्रालिको ब्यानरमा आफ्नै निर्माण एव निर्देशनमा घिमिरेले जोगी समुदायमा प्रचलित फेरी लगाउने सस्कृतीलाई उजागर गर्दैछन् । उनले निर्माण निर्देशन गरेको उक्त बृत्तचित्रको अफिसियल ट्रेलर पनि सार्वजनिक गरेका छन् ।

यो प्रथा अन्तर्गत बर्षमा ३ पटक मध्यरातमा घर वरिपरि घुमेर शंख बजाउदै फेरी लगाउने अनि बिहान बिधि पूर्वक सिदा लिने परम्परा अझै गाउघर तिर प्रचलित नै छ ।

बृत्तचित्रमा यो परम्परा कहिले देखि सुरु भयो , यो परम्पराको महत्व के कस्तो छ , आज पनि गाउा घरमा फेरी लगाउने जोगिलाई सम्मानपूर्वक सिदा तथा दक्षिणा किन दिइन्छ भन्ने देखाउन खोजिएको घिमिरेले बताए । ओमनाथ योगी मुख्य पात्र रहेको यो बृत्तचित्रलाई रोनिश राउतले छायांकन गरेका छन् भने यो बृत्तचित्रका सहनिर्माता हरि उप्रेती हुन् ।

विश्वमा छरिएर बसेका नेपाली तथा बिदेशिलाई बिभिन्न फिल्म फेष्टिभल मार्फत नेपालको यो फरक र आश्चर्यजनक संस्कृति देखाउने उदेश्यका साथ यो बृत्तचित्र निर्माण गरिएको निर्देशक घिमिरेले बताए ।

म्यूजिक भिडियो तथा बिज्ञापन निर्देशन हुदै डकुमेन्ट्रि निर्माण निर्देशनमा घिमिरेले यसपटक हात हालेका हुन् ।