अभिनेत्री निता अब रबिना व्युटी पार्लरको ब्रान्ड एम्बेस्डर


व्युटी न्युज नेपाल
काठमाडौं, ९ भाद्र

अभिनेत्री निता ढुँगाना एउटा व्युटी सलुनमा ब्रान्ड एम्बेस्डरको रुपमा अनुबन्धित भएकी छिन् । काठमाडौंको पेप्सीकोला र मिन भवनमा रहेको आधुनिक सुविधा सम्पन्न ‘रबिना व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर’को ब्रान्ड एम्बेस्डरमा अभिनेत्री निता ढुँगाना अनुबन्धित भएकी हुन् ।

यो व्युटी सलुनले सिटिईभिटी अन्तर्गतका व्युटिसियनहरुको लेवल १ र २ को परीक्षाको लागि बैधानिक रुपमा उत्कृष्ट सेन्टरको समेत मान्यता पाएको छ । बरिष्ट व्युटिसियन सुलोचना श्रेष्ठले यो पार्लर बिगत डेढ दशकदेखि सञ्चालन गर्दै आएकी छिन् । यही पार्लर तथा ट्रेनिङ सेन्टरमा अभिनेत्री निता एक वर्षका लागि जोडिएकी हुन् ।

आफुले व्युटी पार्लरसँग जोडिन पाउँदा निकै खुसी लागेको बताउँदै अभिनेत्री निताले बरिष्ट व्युटिसियन सुलोचना र उहाँको टिमले आफ्नो सुन्दरतामा अझ निखार ल्याउने विश्वास व्यक्त गरेकी छिन् । हरेक दिन जसो सुटिङ सहित विभिन्न औपचारिक कार्यक्रममा गईरहनु परेकाले नियमित रुपमा आफुलाई सुन्दर र तन्दुरुस्त राख्नु पर्ने पनि उनले बताएकी छिन् ।

आफुहरुले अभिनेत्री निताको आगामी वर्ष ७ भदौसम्म सौन्दर्य अन्तर्गत हेयर केयर, स्किन, केयर, बडी केयर सहित सौन्दर्यसम्बन्धि सम्पूर्ण पक्षको केयर गर्ने रबिना व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष सुलोचना श्रेष्ठले बताईन् । अभिनेत्री नितासँग आफुहरु जोडिन पाएकोमा खुसी व्यक्त गर्दै यो सहकार्य दुबै पक्षका लागि अत्यन्त सुखद हुने विश्वास उनले व्यक्त गरेकी छिन् । अहिले काठमाडौंको मिनभवन स्थित खरिबोटमा नयाँ आउटलेट (पार्लर) खुलेको र बिगतका पार्लर भन्दा अझ सुविधा सम्पन्न भएको पनि उनले जानकारी गराईन् ।