मोफसलको होटल होटलमा जय शम्भु टिम


व्युटी न्युज नेपाल
काठमाडौं, २६ साउन

१ भदौबाट सिनेमा हलमा आउने चलचित्र जय शम्भु टिम प्रचार प्रसारको लागि मोफसल यात्रामा छ । टिमले शुक्रवारबाट मोफलयात्रा सुरु गरेको हो । यो चलचित्रलाई रुपेश तामाङले निर्देशन गरेका हुन् ।
टिमले शुक्रबारसाँझ पोखराको थुप्रै सबै रात्रीकालिन होटलहरुमा आफ्ना शुभचिन्तक तथा दर्शकहरुलाई फिल्मको वारेमा जानकारी गराएको छ । मोफसलमा प्रचार प्रसारमा व्यस्त यो टिमले प्रचारको नयाँ शैली अपनाएका हुन् ।

यसका कलाकारहरुले मिस गण्डकीका कन्टेस्टेन्टहरुसँग पनि भेटघाट गरेका छन् । रिलिज मिती नजिकिँदै गर्दा फिल्म युनिटले प्रचार प्रसारलाई तीव्र पारेको हो ।

शनिबार बिहान जय शम्भु युनिटले पोखरामा पत्रकार भेटघाट गरी चलचित्रको बारेमा जानकारी गरायो । कलाकारहरु प्रशान्त ताम्राकार, अनुप विक्रम शाहीलगायतले जय शम्भु एक्शन लभस्टोरी भएको बताए ।
नायिका बर्षा शिवाकोटी भने मौसम खराबका कारण पोखराको उडान हुन नसकेपछि काठमाडौंमै रोकिएकी छिन् । पोखराको प्रेसमिट पछि चलचित्र युनिट शनिबार दिउँसो बुटबलतर्फ लागेको छ ।

शनिबारसाँझ नायिका वर्षा शिबाकोटीको समेत उपस्थितिमा बुटवलका विभिन्न होटल तथा लाउन्जहरुमा पुगेर जय शम्भुको बारेमा जानकारी गराइने छ । यसपछि चितवन र हेटौंडामा प्ुगेर प्रेसमिट गरी युनिट काठमाडौं फर्कने छ ।

जय शम्भुमा प्रशान्त, अनुप र बर्षासँगै रोशन महर्जन, करुणा पाण्डे, रश्मी भट्ट, बसन्त भट्ट, राज कुमार थापा, कालु रानाआदिको मूख्य भूमिका रहेको छ । दिनेश शाही प्रस्तुतकर्ता रहेको जय शम्भुमा अरविन्द्रमान शाक्य निर्माताको रुपमा रहेका छन् । जसमा चक्र पाख्रिन कार्यकारी निर्माता छन् । यस्तै सह निर्माताहरु कुशल शर्मा र शिक्षा काफ्ले हुन् । फिल्ममा हरि घले लामाको छायाँकन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, टंक बुढाथोकीको संगीत, बनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य निर्देशन छ ।