हेटौंडाको ओम्याक्स हलमा चार घन्टापछि आगो नियन्त्रण


व्युटी न्युज नेपाल
हेटौंडा, २३ साउन

हेटौंडाको ओम्याक्स सिनेमा हलमा आज बिहान ९ बजेबाट लागेको आगो करिब ४ घन्टाको प्रयासपछि पूर्ण नियन्त्रणमा आएको छ ।

ओम्याक्स सिनेमा हलमा बिजुली सर्ट हँुदा बिहान ९ बजेबाट आगलागी सुरु भएको थियो । सो आगलागी बढ्दै गएपछि आसपासको सँरचनालाई पनि असर पर्ने स्थिति देखिएको थियो ।

निरन्तर प्रयासपछि सो आगलागी ३ घन्टामा नियन्त्रणमा आएपनि यसलाई आगो मुक्त बनाउन करिब ४ घन्टा लागेको प्रहरी र अग्नी नियन्त्रण टोलीले जानकारी गराएको छ ।

विहान ९ बजेबाट आगलागी सुरु भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, हेटौंडाका रेडक्रस लगायत विभिन्न स्वयम्सेवकहरु अग्नी नियन्त्रणमा जुटेका थिए । मकवानपुरको एउटामात्र बरुण यन्त्रले आगो नियन्त्रण गर्न नसकेपछि नेपाल आयल निगम अमलेखगञ्जको बरुण यन्त्रण मगाईएको थियो ।

आगलागी नियन्त्रण पछि हलको भित्री कक्षको अबस्था

यी दुई ओटा बरुण यन्त्रको प्रयोगले सबैको प्रयासबाट आगो नियन्त्रण गरिएको अग्नी नियन्त्रणमा सम्लग्न प्रहरीले जानकारी गराएका छन् ।

ओम्याक्स सिनेमा हलका सञ्चालक नरेन्द्र महर्जनका अनुसार चार वर्ष अघि यो सिनेमा हल करिब पाँच करोडको लगानीमा निर्माण भएको थियो ।

आगलागीबाट हलको सिटहरु, प्रोजेक्टर, एयरकन्डिसन, साउन्ड सिस्टम सहित सबै प्रविधि र संरचना नस्ट भएको छ । त्यसैले हलपूर्ण रुपमा आगलागीबाट ध्वस्तहुँदा कती करोड रुपैयाँको क्षती भयो भन्ने एकिन हुन नसकेको हल सञ्चालक पक्षको भनाई छ । यो फिल्म हलमा हिन्दी फिल्म धडक, फन्नेखान, नेपाली चलचित्र कायरा प्रदर्शन भईरहेको थियो ।