३० किलोको लेहँगामा करिनाको क्याटवाक, कम्बर दुखेर भयो पीडा


एजेन्सी
मुम्बई, १२ साउन

बलिउड अभिनेत्री करिना कपुरले ३० किलो गहुँगो लेहँगा चोली लगाएर फेशन शोमा र्याम्पमा क्याटवाक गरेकी छिन् । भारतको राजधानी दिल्लीमा तीन दिनदेखि जारी ‘इन्डिया कुटुर विक–२०१८’ फेशन शोमा उनले पुरै स्वर्ण जलप गरिएको सिताराले सजित ३० किलो तौलको लेहँगा, चोली, दुपट्ट लगाएर र्याम्पमा क्याटवाक गरेकी हुन् ।

फेशन डिजाईनर फाल्गुनी सेन पिकांकले महिनौलगाएर तयार गरेको यो लेहँगा चोली लगाएर आफुलाई र्याम्पमा क्याटवाक गर्न साह्रै गाह्रो परेको अभिनेत्री करिनाले बताएकी छिन् । बिहिबार अबेर रात उनी यस्तो पहिरनमा उक्त फेशन शोमा र्याम्पमा उत्रिएकी थिईन् ।

फेशन शोमा यो लेहँगा चोली लगाएर क्याटवाक गर्दाको अनुभव सुनाउँदै करिनाले भनिन्,‘यो लेहँगा, चोली र दुपट्टा यतीधेरै भारी थियोकी यसको वजनले मेरो कम्बर दुखेर अत्तिपीडा भयो र ढाड भाँचिएला जस्तो भएको थियो । गहुँगो भएकै कारण हिँड्नै गाह्रो भएर लड्छु जस्तो लागेको थियो ।’

फेशन शोमा यी अभिनेत्री सो स्टपर थिईन् । पुरै स्वर्ण जडित स्वरुपमा अहिलेसम्मकै सबैभन्दा गहुँगो लेहँगा चोली लगाएर र्याम्पका क्याटवाक गरेको रेकर्ड करिनाले यो ड्रेसबाट राखेकी छिन् । २५ जुलाईबाट सुरु भएको यो फेशन शो २९ जुलाईमा सम्पन्न हुँदैछ ।