कथा राम्राे भएकै कारणा चलिचत्र भैरे खेलें : दयाहाङ राई


व्युटी न्युज नेपाल

काठमाडाैं, २४ असार

एभरेष्ट सूर्य बोहरा निर्देशित फिल्म ‘भैरे’ मा दयाहाङ रार्इ  शिर्ष भूमिकामा छन् । ‘लुट’ ले ‘गोफ्ले’ नामबाट परिचित गराएझैँ ‘भैरे’ ले पनि आफूलाई नयाँ परिचय दिनेमा उनी विश्वस्त छन् । उनी भन्छन्, ‘भैरे’ को कथा मन पर्‍यो अनि छाड्न सकिन । यो मेरो टाइपको फिल्म बनेको छ ।’
गएको वर्ष महिनैपिच्छे नयाँ फिल्म लिएर हल छिरेका उनी यस वर्षका लागि दर्शकलाई फिल्म ‘भैरे’ पहिलो कोशेसी स्वरुप दिँदैछन् । याे चलचित्र ४ साउनबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । याे चलचित्रबारे यी अभिनेताले भने,‘भैरे’ सोसल ड्रामा हो । पहिलादेखि जसरी फिल्महरु बनिरहेका थिए त्यसैको एक अवधारण हो । यो कुनै ठाउँ विशेषको कथा हो भन्ने छैन । नेपालभरीको एक प्रतिनिधि गाउँमा सुटिङ गरिएको छ, जुन मुस्ताङ र अपरमुस्ताङमा खिचिएको छ’ ।
दयाहाङ ‘भैरे’ लाई पूर्ण कमर्शियल फिल्म भन्न चाहन्छन् । दर्शकलाई सोच्न विवश नबनाएपनि यस फिल्मले मनोरञ्जनको खुराक दिन नचुक्ने उनको दाबी छ । ‘भैरे’ तपाईको करिअरको फरक फिल्म हो ? उनी भन्छन्, ‘त्यो त भन्दिनँ तर मेकिङको हिसाबबाट भने फरक भन्न सक्छु । निर्देशक एभरेष्ट सूर्य बोहरा ‘मेन स्ट्रिम स्कूलिङ’ बाट आउनुभएको हो । उहाँले फिल्ममा त्यही स्कूलिङ फलो गर्नुभएको छ ।’
उनलाई फिल्मले राम्रो नतिजा ल्याउनेमा शंका छैन । यसमा दयाहाङको जोडी अभिनेत्री सुरक्षा पन्तसँग बाँधिएको छ । ‘सान्नानीलाई भेट्न आउँदा’ र ‘सनम माया ला’को’ गीतले फिल्मको हाइप मेन्टेन गरिरहँदा ट्रेलरले पनि दर्शकमा फिल्मप्रति चासो जगाइरहेको छ ।
सूर्य थोक्करको द्वन्द्व रहेको यस फिल्ममा वर्षा सिवाकोटी, बुद्धि तामाङ्ग, विक्रान्त बस्नेत, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरुको पनि अभिनय छ ।
यो फिल्मको निर्मातामा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी छन् । करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल, सिन्धु पौडेल र कुमार बस्नेत(बिक्रान्त) फिल्मका सह-निर्मातामा छन् ।
नेपालय सिनेमा ईन्टरनेशनलद्वारा निर्मित तथा लेख बहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’ को बनिष शाहले गरेका छन् । पुरुषोत्तम प्रधानले ‘भैरे’ खिचेका हुन् ।