छायाँकन सकियो चलचित्र अदालतको


व्युटी न्युज नेपाल
काठमाडौं, १९ असार

चलचित्र ‘अदालत’को छायाँकन सकिएको छ । फाल्गुनन्द लिङ्देन फिल्म्स्को व्यानर यो फिल्म दिनेश लिङ्देनले निर्देशन गरेका हुन् ।

दिनेशकै कथा रहेको यो चलचित्रमा मदन भुजेल, एलिना बास्कोटा, रुद्र पाहिम, राजकुमार अधिकारी, शान्ति घिसिङ, दिपक क्षत्री, प्रेम आले, उदय सुब्बा, मेखबहादुर मगर, दिलिप ठकुरी, हस्त लिवाङ, राजु घिमिरेको अभिनय छ ।

मेखबहादुर मगर, कविता राई निर्माता रहेको यो चलचित्रमा डा. डिजन भट्टराईको गीत, रोशन वान्तवा राईको संगीत, दिनेश माङ्मुको नृत्य निर्देशन, राजु किराँतीको द्वन्द्व निर्देशन, विक्रम डिसीको छायांकन छ ।

निर्देशक लिङ्देनले समाजमा देखा परेका महिला हिंसा, हत्या, अपहरणलगायत विभिन्न अवैधानिक तथा आपराधिक क्रियाकलापमा संलग्न अपराधीलाई सजाय दिने काम अदालतको हो भन्ने सन्देश फिल्मले दिने बताए,‘फिल्मको विषयबस्तु नै अपराधीलाई कारवाही गर्दै अदालतले कसरी पीडितलाई न्याय दिन्छ भन्ने सन्देश दिनेछ,’ उनले भने,‘हामीले फिल्ममार्फत अदालतको न्याय प्रक्रियालाई देखाउन खोजेका छौं ।’

उनका अनुसार फिल्मको छायांकन काठमाडौं उपत्यकाको विभिन्न स्थानमा गरिएको थियो । यो चलचित्रका प्रस्तुतकर्ता हस्त लिवाङका अनुसार नेपाली समुदायको बाहुल्यता रहेको मुलुकमा यो चलचित्रको प्रदर्शन गरिएपछि मात्र नेपालमा प्रदर्शन हुनेछ ।