टिजरमा आयोज जय शम्भु


व्युटी न्युज नेपाल
काठमाडौं, १८ असार

आगामी १ भदौबाट देशव्यापी रिलिज हुने भनिएको चलचित्र ‘जय शम्भु’को टिजर रिजिल भएको छ ।

टिजरमा तीन मुख्य कलाकार प्रशान्त ताम्राकार, अनुप विक्रम शाही र बर्षा शिवाकोटीबीचको द्धन्द्ध देख्न पाईन्छ । एक्शन प्रधान लभस्टोरी जनर भनिएको यो चलचित्रमा रोशन महर्जन, करुणा पाण्डे, रश्मी भट्ट, बसन्त भट्ट, राज कुमार थापा, कालु राना लगायतका कलाकारको पनि अभिनय छ ।

दिनेश शाही प्रस्तुतकर्ता रहेको जय शम्भुमा अरविन्द्रमान शाक्य निर्माता, चक्र पाख्रिन कार्यकारी निर्माता, सह निर्माताहरु कुशल शर्माा र शिक्षा काफ्ले हुन् ।

यो चलचित्रलाई रुपेश तामाङले निर्देशन गरेका हुन् । जसमा हरि घले लामाको छायाँकन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, टंक बुढाथोकीको संगीत, बनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य रहेको छ ।

जय शम्भुलाई काठमाडौं उपत्यकामा बिके फिल्मस्का गोपालकाजी कायस्थ र मोफसलका लागि एफडी कम्पनीले वितरण गर्ने छन् ।