मोडलिङसँगै फेशनमा बुटबलकी सृष्टी


व्युटी न्युज नेपाल
काठमाडौं, १८ असार

बुटबलमा मोडलिङ क्षेत्रमा सृस्टी घिमिरेले आफुलाई स्थापित गरिसकेकी छिन् । मोडल सृष्टी भनेपछि मोडलिङमा चासो राख्ने बुटबलबासीका लागि नौलो नाम होइन । उनले आफुलाई मोडेल, कोरियोग्राफर एवम् कार्यक्रम आयोजकको रुपमा स्थापित गराईसकेकी छिन् ।

बुटवलमा हुने धेरैजसो कार्यक्रम, एवम् सौन्दर्य प्रतियोगीतामा सृष्टी घिमिरे आबद्ध हुँदै आएकी छिन् । उनले ड्रेस सम्बन्धि आफनै अनलाइ शप पनि सञ्चालन गरिरहेकी छिन् । ‘बुटवल अनलाइन स्टोर’ उनको ड्रेस अनलाईन हो । यो बुटवलमा धेरै नै व्यापार गर्ने स्टोरमा पर्छ ।

त्यसो त सृष्टी घिमिरे फिल्म निर्माता पनि हुन् । केही महिना अघि रिलिज भएको चलचित्र ‘हैरान’की उनी एक निर्माता हुन् । उनी भविष्यमा पनि मोडलिङ र चलचित्र निर्माण दुबै क्षेत्रलाई निरन्तर अघि बढाउने बताउँछिन् । आफु फेशन र मोडलिङ क्षेत्रसँग नजिक भएकाले यसलाई नै निरन्तरता दिने सृष्टीले बताईन् ।

प्रस्तुति–जयन सुब्बा मानन्धर