नाटकमा जँगबहादुर हत्या रहस्या,


दर्शकले रुचाए ‘सोनाम ग्याल्मो’

व्युटी न्युज नेपाल
काठमाडौं, १८ असार

राजधानीको बत्तिस पुतलीस्थित शिल्पी थिएटरमा नियमित मंचन भईरहेको नाटक ‘सोनाम ग्याल्मो’लाई दर्शकले मन पराएका छन् । नियमित रुपमा दर्शकले हल भरिने गरेको यो नाटक अझै केही दिन मञ्चन हुने नाटकका लेखक फुलमान बलले जानकारी गराएका छन् ।

जंगबहादुरलाई जारले काटेको मिथमा आधारित नाटक ‘सोनाम ग्याल्मो’ दुईबर्ष लामो अनुसन्धान र अध्ययन पछि संचारकर्मी एवं नाटककार फूलमान वलले लेखेका हुन् ।

नाटकको विशेषता नै जंगबहादुरलाई जारले काटेको तामाङ मिथलाई अहिलेको जीवनस“ग जोड्नु हो ।

सोनाम लामा मोक्तानको निर्देशन रहेको यो नाटकमा तामाङ संस्कृति, परम्परा र जीवनशैलीलाई माला जस्तै उनिएको छ । नाटकमा मुख्य पात्र सोनाममा निर्देशक स्वयंले खेलेका छन् भने ग्याल्मोको भुमिकामा शान्ति वाइबा छिन् ।

तामाङ फिल्मकी अभिनेत्री चा“दनी लामा, सेलो गायक एवं संगीतकारद्धय फूलकुमार बमजन र सुसन लामाको पनि अभिनय छ । यसबाहेक निकिता वाइबा, निशा पाख्रिन, मात्रिका घिमिरे, मनोज तामाङ, सन्तोष तामाङ (बोन्बो), सन्जीव राई, देविन चौधरी, विजय टुबा, सुनिल तामाङ, साजन लामा लगायतले अभिनय गरेका छन् ।

नाटकको कथा तामाङ सुमदायको विवाहबाट शुरु हुन्छ । विवाहमा बेहुला र बेहुली राखेर चारदाम (वैवाहिक जीवनको कसम खुवाउने विधि) गर्दै गर्दा नाटक फ्लासब्याकमा जान्छ ।

त्यसपछि सर्लाही पत्थरघट्टा आसपासको पुरानो तामाङ समाज र जीवनको उत्तरार्थमा त्यही ठाउ“मा शिकार खेल्न गएका जंगबहादुरबिचको संघर्षले नाटकलाई गति प्रदान गर्छ । मुख्य पात्र छन् भर्खरै विवाह भएको सोनाम र ग्याल्मो ।

ल्मोलाई जंगबहादुरले मन पराएर हरण गरेपछिको पीडादायी सन्दर्भ र उनैले बनाएको ‘जार काट्ने कानुन’को टेकेर आइपुग्ने सोनामबिचको उतार–चढाव नाटकमा लोभलाग्दो छ । जंगबहादुर कसरी मरे ? त्यो भने रहस्यमै छाडिएको छ ।

नाटकमा तामाङ समुदायको ताम्बा संस्कृतिलाई पनि सघन रुपमा देखाइएको लेखक वलले बताए । उनका अनुसार जंगबहादुरलाई जारले काटेको थुप्रै कथाहरु छन् । यही विषयमा संस्कृतिविद एवं अन्वेषक रविन्द्र ग्याबा तामाङले पुस्तक नै लेखेका छन् ।

सेलो थिएटरको प्रस्तुति रहेको नाटक मंगलबार बाहेक हरेक दिन साँझ ५ बजे नियमित मंचन भइरहेको छ । शनिबार दुई शो हुने निर्देशक सोनाम मोक्तानले जनाए ।