चलचित्र मायाङ्क निर्माण घोषणा


व्युटी न्युज नेपाल
काठमाडौं, १४ असार

चलचित्र ‘मायाङ्क’ निर्माण हुने भएको छ । यो चलचित्रको बुधवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माणको घोषणा गरिएको हो ।

यो चलचित्रमा प्रशान्त ताम्राकार, शुसिल उप्रेती र ज्योत्सना योगी मुख्य कलाकार रहने घोषणा सो क्रममा गरियो । एक नायिका चाँडै चयन गरिने पनि कार्यक्रममा जानकारी गराईयो ।

यो चलचित्रलाई रोमी मानन्धरले निर्देशन गर्दै्छिन् । उनले पहिलोपटक चलचित्र निर्देशन गर्न लागेकी हुन् । चलचित्रबारे बोल्दै उनले मिठो प्रेमकथामा चलचित्र बन्ने लागेको बताइन् ।
उनका अनुसार यो चलचित्रमा चारै जनाको बराबर भूमिका रहने छ ।

चर्चित अभिनेता प्रशान्त ताम्राकारले ’मायाङ्क’मा आफ्नो अरु चलचित्रमा भन्दा भिन्न भूमिका रहेको बताए । ‘सँधै एउटै लुक्समा देखिनुहुन्छ नी, चलचित्रमा पनि यस्तै हो ?’ भन्ने पत्रकारको प्रश्नमा उनले सबैले त्यस्तै सोचेतापनि आफु भने सँधै फरक अभिनय गर्ने कोशिस गरिरहेको बताए । नायिका ज्योत्सना योगीले ’मायाङ्क’ आफुले खोजेको जस्तै चलचित्र रहेको बताईन् ।

यो चलचित्रमा अभिनय गर्न आफुले डेढ बर्षदेखी मेहनत गरिरहेको नव(नायक शुसिल उप्रेतीले बताए । ओस्कार कलेजबाट अभिनयमा ब्याचलर गरेका उप्रेतीले आफुले निर्देशकले चाहेअनुसारको चलचित्र दिनको लागि पुरा मेहनत गरिरहेको बताए । शुसिलले लुट र लुट २ चलचित्रमा सहायक भूमिकामा अभिनय गरेता पनि मूख्य भूमिकामा भने ‘मायाङ्क’ नै पहिलो चलचित्र हो ।

चलचित्र प्याराडाइज पिक्चर्स र माईन्डस्क्रिन फिल्म्सको ब्यानरमा बन्न लागेको हो । चलचित्रका निर्माता जितेन्द्र खतिवडाले आफुले निर्देशक मानन्धरलाई पूर्ण बिश्वास गरेको बताए । मार्के्टिङ्कका ज्ञाता तथा व्यापारी खतिवडा एक्लैले यो चलचित्र बनाउन लागेका हुन् । नयाँ तरिकाबाट चलचित्रलाई बेच्ने योजनासहित यो चलचित्र निर्माण गर्न लागेको उनले बताए । ‘मायाङ्क’ भदौ पहिलो साताबाट छायांकनमा गई माघमा रिलीज गर्ने तयारी रहेको निर्माता खतिवडाले बताए ।